images
images
  • को हुन् नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका देसाई ?

    काठमाडौं- भारतीय क्रिकेटर मोन्टी देसाई नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन्। केही दिनदेखि नेपाली क्रिकेट टोलीलाई प्रशिक्षण दिइरहेका उनलाई नेपाल क्रिकेट संघ (क्यान) ले मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो।

    क्यानले यसको औपचारिक घोषणा गरिसकेको भने छैन । राष्ट्रिय खेलकुद परिषद्बाट पत्र आइनसकेको जनाउँदै क्यानले घोषणा नगरेको हो। औपचारिक नियुक्ति हुन बाँकी रहे पनि अघिल्लो साताको आइतबारदेखि नै मोन्टीले नेपाल क्रिकेट टिमलाई आनौपचारिक प्रशिक्षण गराइरहेका छन् ।

    क्यानले आजै दिउँसो ३ बजे यसबारे औपचारिक घोषणा तयारी गरेको छ । त्यसका लागि होटल हायात प्यालेसमा नयाँ मुख्य प्रशिक्षकसँग पत्रकार भेटघाट कार्यक्रम राखिसकेको छ।

    भारतीय मोन्टी देसाई वेष्ट इन्डिजका ब्याटिङ प्रशिक्षक हुन्। वेष्ट इण्डिजसँगको सम्झौता सकिएपछि देसाई नेपाल आएका हुन्।

    उनी यसअघि पनि नेपालसँग जोडिएका क्रिकेटर हुन्। उनले सन् २०१७ मा नेपाली यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टिमको ब्याटिङ कन्सल्ट्यान्टका रुपमा काम गरिसकेका छन्।

    देसाईले सन् २०१५ को आईसीसी टी–ट्वान्टी विश्वकप छनोटका क्रममा राष्ट्रिय क्रिकेट टिममा रहेर काम गरिसकेका थिए।

    नेपाली क्रिकेटलाई नजिकबाट नियालेका देसाईले नेपालको ब्याटिङ लाइन सुधार्ने अपेक्षा छ।

    १२ वर्षदेखिको ब्याटिङ अनुभव भएका देसाईसँग अफगानिस्तान, नेपाल, युएई, क्यानडा, आईपीएल टोली गुजरात लायन्स, राजस्थान रोयल्स र भारतीय घरेलु क्रिकेटमा आन्द्र प्रदेश हेरिसकेको अनुभव छ।

    सन् २०१५ मा आयरल्यान्ड र स्कटल्यान्डमा भएको विश्व टी-२० छनोटमा देसाई नेपाली टोलीसँगै थिए। त्यसअघि सन् २०१४ को विश्वकपमा पनि देसाई नेपाली टोलीमा आबद्ध थिए।
    क्यानले मुख्य प्रशिक्षकका लागि आवेदन दिएका २४ जनामध्ये अन्तिम चरणमा छनोट भएका ५ प्रशिक्षकको अन्तरवार्ता गरेको थियो।

    मुख्य प्रशिक्षक मनोज प्रभाकरले गत मंसिर अन्तिम साता राजीनामा दिएपछि नेपाली प्रशिक्षकविहीन छ । क्यानले प्रभाकरसँग एक वर्षको सम्झौता गरेको थियो। तर उनी चार महिना पनि टिक्न नसकेर राजीनामा दिइ फर्किए।

    आवेदमध्येबाट देसाई नेपाल आएर जिम्मेवारी पाएका हुन्।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images