images
images
  • सशस्त्र प्रहरीमा ४ डीआईजीको बढुवा हुदै

    काठमाडौं- सशस्त्र प्रहरी बलमा रिक्त प्रहरी नायब महानिरीक्षक (डीआईजी) पदमा बढुवा प्रक्रिया थालिएको छ । सशस्त्रमा ४ जना डीआईजीको पद रिक्त छ ।

    डीआईजी बढुवा गर्न बढुवा समितिका सदस्य सचिव सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) नारायणदत्त पौडेलले सूचना प्रकाशन गरेका छन् ।

    माघ १९ मा प्रकाशित सूचना अनुसार प्रतिस्पर्धीहरुले बढुवा प्रयोजनमा आवश्यक प्रमाण पत्रका प्रतिलिपिहरु संलग्न गरेर मुल्यांकन फारम भर्नुपर्छ । बढुवा समितिले सो फारम ७ दिनमा बुझाउन आह्वान गरेको छ ।

    सशस्त्रमा कुल १६ जना डीआईजीको दरबन्दी छ । तीमध्ये रिक्त ४ पदमा बढुवा गरिँदै छ । डीआईजी पदमा बढुवा हुन सि.सं–१ मा इन्स्पेक्टरमा भर्ना भएका अधिकृतहरू प्रतिस्पर्धामा छन् ।

    २०५९ कार्तिक २६ मा सि।सं–१ मा भर्ना भएका एसएसपीहरु पहिलोपटक डिआईजीमा पदोन्नति हुन लागेका हुन् । सशस्त्र स्थापना भएपछिको पहिलो सो ब्याचमा ९ जना भर्ना भएका थिए ।

    बढुवा प्रतिस्पर्धामा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकहरु दिपेन्द्र शाह , सुरेश कुमार श्रेष्ठ, अन्जनी कुमार पोखरेल, पुरुषोत्तम थापा, दिपक अधिकारी, कृष्ण ढकाल, मनिष थापा र विनोदराज श्रेष्ठ छन् ।सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकहरुको मेरिट लिस्टमा दिपेन्द्र शाह पहिलो नम्बरमा छन् । सि.सं–१ मा भर्ना भएका प्रकाश थापाले स्टाफ कलेज नगरको हुनाले उनी प्रतिस्पर्धाबाट बाहिर छन् ।

    डीआईजीमा बढुवा हुन त्रिभुवन विश्वविद्यालयले लिने स्टाफ कलेजको कोर्स पुरा गर्नुपर्छ । सो कोर्स १८ महिनाको हुन्छ ।बढुवा प्रतिस्पर्धामा रहेका कृष्णराज पाठक नेपाल प्रहरीको प्राविधकितर्फको प्रहरी नायव निरीक्षक (सई)पदबाट सशस्त्रमा प्रवेश गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images