काठमाडौ- नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीलाई गृह मन्त्रालय दिने कि नदिने भन्ने बारेमा छलफल गर्न समेत नेकपा माओवादी केन्द्रको स्थायी कमिटि बैठक जारी छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले दुई दिन दिएको अल्टिमेटम सकिनै लाग्दा माओवादीले स्थायी कमिटीमा छलफल गरेर टुंगोमा पु¥याउन लागेको हो ।
आजको बैठकमा खासगरी सत्ता गठबन्धनमा सामेल दल राष्ट्रिय स्वतन्त्र पार्टीसँगको विवाद र केन्द्रय विभागहरुको कार्य विभाजनहरुका विषयमा छलफल हुने जनाइएको छ ।त्यस्तैगरी नेताहरूको कार्य विभाजन र पछिल्लो समसामयिक राजनीतिक घटनाक्रम लगायतका विषयमा छलफल गर्ने हुने जनाइएको छ ।
यसअघि विहीबार बसेको बैठकमा अध्यक्ष प्रचण्डले पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी गराएका थिए । अध्यक्ष प्रचण्डले पछिल्लो समय सत्ता गठबन्धनमा समस्या आएको नेताहरुलाई जानकारी दिएका थिए ।सत्ता गठबन्धनमा रहेको रास्वपालाई गृहमन्त्री नदिँदा सरकार छाड्ने बताउँदै आएको छ ।
बिहीबार नै रास्वपाले आफूहरुलाई गृहमन्त्री नदिए सरकार छाड्ने चेतावनी दिइसकेको छ । तर प्रधानमन्त्रीसहित गठबन्धनका नेताहरुले दुई दिनको समय माग गरेपछि रास्वपा तत्काल सरकार नछाड्ने अवस्थामा पुगेको हो ।उक्त समयसीमा पनि आजै सकिँदै छ ।
गृह मन्त्रालयको लफडा, राष्ट्रपति निर्वाचनमा साझा उम्मेदवार चयन देखी स्थायी कमिटी र पोलिटब्युरो सदस्यहरुलाई केन्द्रिय बिभागको जिम्मेवारी वाँडफाँड गर्नका लागि बोलाईएको माओवादीको स्थायी कमिटी बैठक बारम्बार स्थगित हुदैँ पुनः शनिवार जारी राखिएको हो ।






















