images
images
  • सन्दीप राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा

    काठमाडौं- बलात्कारको मुद्दामा पक्राउ परेर धरौटीमा रिहा भएका क्रिकेटर सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षणमा सहभागी भएका छन्।

    गत भदौमा एक नाबालिगलाई बलात्कार गरेको आरोपमा असोजमा पक्राउ परेका सन्दीप पुस २८ गते २० लाख धरौटीमा सशर्त छुटेका थिए।

    गत मंगलबार पोखरामा बसेको नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीपमाटिको निलम्बन फुकुवा गरेको थियो।

    उनको निलम्बन फुकुवासँगै बिहीबार राति क्यानले अर्को महिना हुने त्रिदेशीय एकदिवसीय शृंखलाका लागि दोस्रो चरणको बन्द प्रशिक्षणमा बोलाएका खेलाडीको सूचीमा सन्दीपको पनि नाम थियो।

    सोही अनुसार आजदेखि सुरु भएको दोस्रो चरणको बन्द प्रशिक्षणमा सन्दीप सहभागी भएका हुन्। यद्यपि, उनको उच्च अदालतको मुद्दाको टुंगो लागिसकेको छैन। महान्यायाधिवक्ताले उनलाई थुनामै राख्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए।

    आजै तोकिएको पेसीमार्फत उच्च अदालतको फैसला माग गरेको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images