images
images
  • अध्यक्षको राजीनामा मागेपछि क्यानको बैठक अघि बढ्न सकेन

    पोखरा- नेपाल क्रिकेट संघ (क्यान)का ७ जना केन्द्रीय सदस्यले अध्यक्ष चतुरबहादुर चन्दको राजीनामा माग गरेपछि क्यानको बोर्ड बैठक अघि बढ्न सकेको छैन ।

    बैठकको सुरुमै ७ जनाको तर्फबाट ७ जनाको तर्फबाट ऋषिराम गौतमले अध्यक्ष चन्दलाई लिखित पत्र नै बुझाएका हुन् ।‘हामीले अध्यक्षज्युको राजीनामा माग गरेका छौं । त्यसैमा अधीन छौं । अहिले बैठक रोकिएको छ, सुरु हुन सकेको छैन,’ अध्यक्षको राजीनामा माग गरेका मध्येका एक केन्द्रीय सदस्यले भने ।

    नेपाल टी–२० लिग स्पट फिक्सिङमा मुछिएपछि उनीहरुले अध्यक्षको राजीानामा माग गरेका हुन् । बैठक मंगलबार दिउँसो १२ बजेदेखि लेकसाइडस्थित होटल एल्लो प्यागोडामा भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images