images
images
  • योजना आयोगको सदस्यमा तीन जना नियुक्त

    काठमाडौं- सरकारले राष्ट्रिय योजना आयोगको सदस्यमा तीनजना नियुक्त गरेको छ ।

    मन्त्रिपरिषद बैठकले सुशील ज्ञवाली, अञ्जान शाक्य र कुशेन्द्र महतलाई योजना आयोगको सदस्य नियुक्त गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

    यसअघि सरकारले योजना आयोगको उपाध्यक्षमा मीनबहादुर श्रेष्ठलाई नियुक्त गरिसकेको थियो । मन्त्रिपरिषद बैठकले परराष्ट्रमन्त्री विमला राई पौड्यालको श्रीलंका भ्रमण पनि स्वीकृत गरेको छ ।

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images