विराटनगर- गएको शुक्रबार सर्वोच्च अदालतले रवि लामिछानेको नागरिकता सम्बन्धी मुद्दामा गरेको फैसलाप्रति धरान पमहानगरपालिकाका मेयर हर्क साम्पाङले असन्तुष्टि व्यक्त गरेका छन् । मेयर हर्कराज राई (साम्पाङ)ले अदालतको चर्को आलोचना गरेका छन् ।
उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै जनादेशले बनेको सरकार भत्काउने काम अदालत बाट भएको भन्दै उनले अदालतप्रति असन्तुष्टि जनाएका हुन् ।
सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै मेयर राईले लेखेका छान्, ‘जनादेश ले बनेको सरकार भत्काउने अदालत ! जनादेशलाई उल्टाउने अदालत १ अब अदालतले नै देश चलाउँदा हुन्छ !’ अदालतले नै सबैकुरा चलाइदिने भएपछि लोकतन्त्र नै नभएको देशमा चुनाव गरिरहनुको कुनै तुक नभएकोले अनावश्यक खर्चमात्रै भएको टिप्पणी गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्






















