images
images
  • आज २०७९ माघ १५ गते आइतवार, थाहा पाउनुहोस् तपाइको राशिफल

    काठमाडौं- आज श्री शाके १९४४ बि।स।२०७९ माघ १५ गते आइतबार इश्वी सन २०२३ जनवरी २९ तारीख माघ शुक्ल पक्ष अष्टमी तिथी भरणी नक्षत्र शुभ योग वालव करण चन्द्रमा मेष राशिमा आनन्दादि योगमा काल योग नल नाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋतु अष्टमीव्रत गोरखकालीपूजा भीष्माष्टमीव्रत नेपाल नर्सिङ दिवस ।

    हेर्नुस आजको राशिफल :

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । सहयोगी हातहरू अघि बढ्नेछन् । पारिवारिक साथ र सद्भाव बढ्नेछ ।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
    आज अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता बढ्नेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्ला । झुटा आरोप पनि खेप्नुपर्ला ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
    ठूला व्यक्तिले तपाईँका मेहनतको प्रशंसा गर्नेछन् । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा सफलता मिल्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । पढाई पनि राम्रो हुनेछ ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    आज शुभकार्यको चर्चा चल्नेछ । धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । अकस्मात् सफलता हात पर्न सक्छ ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
    आज दबाब र तनाव बढेको महसुस हुनेछ । विचार गरेर निर्णय लिनु उचित होला । आर्थिक पक्ष भने राम्रो हुने देखिन्छ ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
    आज सामाजिक कार्यबाट सफलताको योग छ । जोशजाँगर र हिम्मत बढ्नेछ । नयाँ कार्यको योजना बन्नेछ र छोटो यात्रा पनि हुनेछ ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । व्यावसायिक योजना र त्यसबाट दीर्घ कालीन फाइदा लिन सकिनेछ । आत्मिक सन्तुष्टि मिल्नेछ ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
    आज नयाँ र शुभ समाचार सुन्न पाइनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
    आज जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । बोलीको विपरीत अर्थ लाग्न सक्छ संयम रहनु होला । प्रेममा मनमुटाव पनि आउला ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
    आज काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । आकस्मिक धन लाभ हुनसक्छ ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चिं)
    लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । कुनै समाचारले मनमा खुसी छाउनेछ । पारिवारिक सहयोग मिल्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । -(ज्यो.प.नारायणप्रसाद दुला)

    प्रतिक्रिया दिनुहोस्
    images
    images