images
images
  • युवा संघ नेपालले प्रधानमन्त्रीलाई बुझायाे ज्ञापनपत्र (२५ बुँदे मागसहित)

    काठमाडौं– नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालले शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर २९ बुँदे माग राखेको छ । युवा संघका अध्यक्ष तथा प्रदेश सांसद नरेश शाहीको नेतृत्वमा शनिबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रचण्डलाई ज्ञापनपत्र बुझाएका हुन् ।

    ज्ञापनपत्रमा इलामका प्रेमप्रसाद आचार्यले आत्मदाह गर्नुअघि सामाजिक सञ्जालमार्फत उठाएका विषयमा छानबिन गर्न माग गरिएको छ । यस्तै सरकारका मन्त्रीहरूको पृष्ठभूमिबारे पनि युवा संघले ध्यानाकर्षण भएको जनाएको छ ।

    received 1203674987236744

    नागरिकता नभएको व्यक्तिलाई गृहमन्त्री बनाउने, सम्पत्ति सुद्धीकरणका मुद्दा खेपिरहेका र स्वार्थ बाझिने पेसाका व्यक्तिलाई मन्त्री बनाएको विषयमा पनि युवा संघले प्रधानमन्त्रीलाई भेटेरै विरोध जनाएको हो । यस्तै संघीय गणतन्त्र विरोधी पनि उपप्रधानमन्त्री बनेको विषयमा पनि युवा संघले विरोध जनाएको छ ।

    received 712369236924048received 456001243277237

    received 456001243277237received 725610629034278received 858801465402534 received 838502470581264

    प्रतिक्रिया दिनुहोस्
    images
    images