images
images
  • केपी ओली कप ११ देखि १७ फागुनमा, विजेतालाई १० लाख पुरस्कार

    काठमाडौ- राष्ट्रिय युवा संघ नेपालले केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगिता गर्ने भएको छ ।

    शुक्रबार पत्रकार सम्मेलन गरेर दिएको जानकारीअनुसार आउँदो फागुन ११ देखि १७ गतेसम्म काठमाडौंमा केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगिता हुनेछ ।

    काठमाडौंका विभिन्न खेल मैदानमा हुने प्रतियोगितामा सहभागी हुने टिमले १७ माघभित्र दर्ता गरिसक्नुपर्ने संघका अध्यक्ष अध्यक्ष किरण पौडेलले जानकारी दिए ।

    उनका अनुसार विजेता टिमले १० लाख, उपविजेताले ५ लाख, सर्वोत्कृष्ट खेलाडीलाई १ लाख, उत्कृष्ट गोलरक्षकलाई ५० हजार र हरेक खेलका विजेताले २५ हजार, प्रत्येक खेलको ‘प्लेयर अल दी म्याच’ ले १५ हजार र प्रतियोगिताका उदयीमान खेलाडीले ५० हजार नगद पुरस्कार पाउनेछन् ।

    हेर्नुस् विज्ञप्ति :

    12 3

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images