काठमाडौं- नेपाली काँग्रेसले केन्द्रीय कार्यसमिति बैठक अनिश्चितकालका लागि स्थगित गरेको छ।
माघ १५ गते बस्ने भनिएको केन्द्रीय कार्यसमिति बैठक विशेष कारणबस अर्को सूचना प्रकाशित नहुञ्जेलसम्मका लागि स्थगित भएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए ।
यसअघि गत पुस २२ का लागि बोलाइएको बैठक पुस २८ गतेका लागि सारिएको थियो। तर, अन्तिम समयमा उक्त बैठक माघ १५ का लागि तय गरिएको छ।
कांग्रेसले बैठकका लागि प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन–२०७९ को समीक्षा, समसामयिक राजनीतिक सन्दर्भ र विविध गरी तीन वटा एजेन्डाहरु तय गरेको थियो।
सरकारबाट बाहिरिएपछि पहिलो पटक बस्न लागेको बैठक यसअघि पनि पटक–पटक सारिँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्






















