images
images
  • कर्णाली सरकारले पायो पूर्णता, कसले कुन मन्त्रालय पाए ?

    काठमाडौं- कर्णाली सरकारले पूर्णता पाएको छ। मुख्यमन्त्री राजकुमार शर्माले बुधबार नै मन्त्रिपरिषद विस्तार गरी मन्त्रीहरुको जिम्मेवारी तोकेका छन्।

    ७ सदस्यीय मन्त्रिपरिषदमा माओवादीबाट मुख्यमन्त्रीसहित ४ र एमालेबाट ३ जना मन्त्री भएका छन्। माओवादीबाट मंगलबहादुर शाही भौतिक पूर्वाधार, उर्जा तथा जलस्रोत मन्त्री, कृष्ण जिसी आन्तरिक मामिला तथा कानुन मन्त्री र भीमप्रकाश शर्मा भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्री बनेका छन्।

    त्यस्तै एमालेबाट विनोदकुमार शाह आर्थिक मामिला तथा योजना मन्त्री, टेकराज पछाई सामाजिक विकास मन्त्री र शेरबहादुर बुढा उद्योग पर्यटन वन तथा वातावरण मन्त्री बनेका छन्। २७ पुसमा मुख्यमन्त्रीमा नियुक्त भएका शर्माले २८ पुसमा एमालेका शाह र माओवादीका मंगलबहादुर शाहीलाई विना विभागीय मन्त्री बनाएका थिए।

    karnali

    प्रतिक्रिया दिनुहोस्
    images
    images