images
images
  • सुस्मिता केसी हत्या प्रकरण: ससुरासहित चार जनालाई जन्मकैदको सजाय

    मकवानपुर- हेटोंडा उपमहानगरपालिका–४ स्थित घरमा सुस्मिता केसीको आफ्नै परिवारको सदस्यबाट हत्या गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले ससुरासहित ४ जनालाई जन्मकैदको सजाय सुनाएको छ ।

    जिल्ला अदालत मकवानपुरको शुक्रबार बसेको इजलाशले–४ कि २४ वर्षीया सुस्मिता केसीको हत्यामा संलग्न भएको ठहर गर्दै ससुरा, २ नन्द र ज्वाइँलाई जन्मकैदको फैसला सुनाएको हो । न्यायाधीश श्रीप्रसाद सञ्जेलको इजलासले केसीको परिवारको सदस्यबाटै हत्या गरेको ठहर गर्दै उनको ५८ वर्षीय ससुरा प्रकाश थापा, जेठी नन्द दुर्गा थापा, कान्छी नन्द सीता थापा र ज्वाइँ अरुण कार्कीलाई जनही २५ वर्ष जन्मकैदको सजाय तोकेको हो ।

    सञ्जेलको इजलासले केसीकी सासूलाई भने हत्याको मतियार ठहर गरी १० वर्ष कैदको सजाय तोकेको छ । गते २०७७ असार १ गते राति हेटौंडा उपमहानगरपालिका–४ कर्रास्थित घरमा केसीको हत्या गरिएको थियो । केसीको ससुरा प्रकाशले भान्सा कोठामा खाना खाइरहेकी केसीको टाउकोमा पछाडिबाट काठले हिर्काए घाइते बनाएको र ज्यान बचाउन गुहार माग्दा कान्छी नन्द सीताले मसला पिन्ने लोहोरोले टाउकोमा हिर्काएर हत्या गरिएको प्रहरी अनुसन्धानमा खुलेको थियो ।

    घटना भएको भोलि पल्ट मात्र हत्या गरिएको अवस्थामा केसीको शव फेला परेको थियो । केसीको हत्यापछि ससुरा प्रकाश, नन्द सीता, सासुले आत्महत्या देखाउने प्रयास गरेको प्रहरीको अनुसन्धानमा देखिएको थियो । प्रहरीका अनुसार उक्त घटनामा केसीकी जेठी नन्द दुर्गा र ज्वाइँ अरुणको संलग्नता देखिएको थियो ।

    केसीको २०७६ वैशाख १८ गते प्रकाशका छोरा रुपेन्द्र थापासँग विवाह भएको थियो । विवाह गरेको छ महिनामा नै रुपेन्द्रको मृत्यु भएपछि बिमा बापतको रकमका लागि केसीको हत्या गरिएको प्रहरीको अनुसन्धानमा खुलेको छ ।

    कपिलवस्तु वाणगंगा नगरपालिका माइती भएकी केसीको पति रुपन्द्रको गत २०७६ असोज २३ गते मोटरसाइकल दुर्घटनामा मृत्यु भएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images