images
images
  • असुविधाप्रति नेपाल टेलिकमले माग्यो माफी

    काठमाडौं- नेपाल टेलिकमले कम्पनीको सेवामा समस्या आएकोप्रति माफी मागेको छ ।

    टेलिकमले आज बुधवार विज्ञप्ति निकालेर प्राविधिक समस्याका कारण ग्राहकमा पर्न गएको असुविधाप्रति कम्पनी क्षमा प्रार्थी रहेको उल्लेख गरेको छ ।

    हिजो दिउँसो १२ बजेदेखि केही समय कम्पनीका केही उपकरणमा प्राविधिक समस्या आउँदा केही बेर मोबाइल तथा पीएसटीएन टेलिफोन सेवा बन्द भएको र तत्कालै समाधान गरिएको टेलिकमले जनाएको छ । तर समस्या समाधान भइसकेपछि कलहरूको सङ्ख्यामा एक्कासी अत्यधिक वृद्धि हुन गई नेटवर्क कन्जेसनका कारण केही समय कल आदानप्रदानमा ग्राहकले असजिलो बेहोर्नुपरेको विज्ञप्तिमा उल्लेख छ ।

    भविष्यमा यस्ता समस्या दोहोरिन नदिन कम्पनीले प्रणालीगत सुधार कार्य निरन्तर गरिरहने पनि टेलिकमले प्रतिबद्धता जनाएको छ ।

    साथै टेलकमले मोबाइल, टेलिफोन तथा कम्पनीका अन्य सेवाहरुमा कुनै समस्या आएमा १४९८ र १९८ मा सम्पर्क गरी समाधानका लागि पहल गर्न पनि कम्पनी सम्पूर्ण ग्राहक महानुभावहरुमा अनुरोध गरेको छ ।

    हेर्नुहोस् विज्ञप्ति :

    https://bishwokhabar-com.stackstaging.com/wp-content/uploads/2023/01/big.pdf

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images