images
images
  • पोखरा विमान दुर्घटनाको शोकमा भोलि सार्वजनिक बिदा

    काठमाडौं- सरकारले भोलि सार्वजनिक बिदाको घोषणा गरेको छ। आइतबार बिहान पोखरामा भएको यती एअरलाइन्सको विमान दुर्घटनापछि आकस्मिक रुपमा बसेको मन्त्रिपरिषद् बैठकले सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

    मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयबारे मन्त्री पौडेलले भने- ‘घटनाका प्रति गहिरो दुःख व्यक्त गरेको छ । दिवंगतहरूप्रति श्रदाञ्जली र निधन भएका व्यक्तिको परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ । शोकपूर्ण घटनाका सन्दर्भमा माघ २ गते शोक मनाउने र सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।’

    यस्तै आन्तरिक हवाई दुर्घटना हुन नदिन आफ्ना विमानहरुको प्राविधिक परीक्षण समेत गर्ने निर्णय भएको र यसका लागि पाँच सदस्यीय पनि गठन गरेको प्रवक्ता पौडेलले जानकारी दिए।

    प्रधानमन्त्री प्रचण्ड भने घटनास्थलको अवलोकनका लागि पोखरा जान लागेका छन्।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images