images
images
  • विमान दुर्घटनाबारे बुझ्न प्रधानमन्त्री र गृहमन्त्री विमानस्थलमा

    काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर विमान दुर्घटनाबारे जानकारी लिएका छन् ।

    काठमाडौंबाट यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज आइतबार बिहान दुर्घटनामा परेको हो। घटनालगत्तै दुर्घटनाबारे वस्तुस्थिति बुझ्न प्रधानमन्त्री प्रचण्ड, गृहमन्त्री रवि लामिछाने, नेपाल वायु सेवा सञ्चालक संघका अध्यक्ष क्या। रामेश्वर थापासहितको टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेको हो।

    प्रधानमन्त्रीले विमानस्थलमा रहेको उद्दार समन्वय केन्द्रमा पुगेर घटनाको विस्तृत विवरण लिएको प्रधानमन्त्री सचिवालयले जनाएको छ। निरीक्षणका क्रममा प्रधानमन्त्रीले दुर्घटना हुनुको प्राविधिक र अन्य कारणबारे जानकारी लिएका थिए।

    विमानस्थलका कर्मचारीहरूले प्रधानमन्त्रीलाई घटनाबारे जानकारी गराएका छन्। प्रधानमन्त्रीले सरकारका सबै निकायलाई प्रभावकारी रूपमा उद्दारमा लाग्नु निर्देशन दिएका छन्। उनले आज १:३० बजे मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन्।

    निरीक्षणमा प्रधानमन्त्रीका साथै उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने लगायत सरकारी अधिकारीहरू छन्। जहाजमा चालकदलसहित ७० जना सवार थिए। दुर्घटनास्थलबाट ३२ जनाको शव निकालिएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images