images
images
  • देउवालाई ओलीको प्रश्न- ०५८ मा संसद विघटन तपाईँले गरेको होइन ?

    काठमाडौं- मंगलबारको संसदमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच जुहारी चलेको छ ।

    विश्वासको मत लिने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्तावमाथि भएको छलफलमा भाग लिँदै काँग्रेस सभापति देउवाले प्रतिनिधिसभा विघटन गर्न सकिने ओलीको अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको बताएका थिए । अहिले संविधानको रक्षा नै चुनौती बनेको उनले बताए ।

    लगतै सम्बोधन गरेका ओलीले देउवालाई मौका अनुसार व्याख्या नगर्न आग्रह गरेका छन् । ‘माननीय शेरबहादुर देउवाले ०५८ साल असारमा संसद विघटन गरेर मध्यावधि गरेर आश्विन १८ र माघ १९ पुगेको होइन रु’ उनले भने, ‘मेरा मित्रलाई म सोध्न चाहन्छु, यहाँले होइन संसद विघटन गरेको  ?

    यस्तै, ओलीले संसद विघटनको गुरु देउवा नै रहेको बताएका छन् । राजनीतिक घटनाक्रमलाई आफू अनुकूल व्याख्या गर्न नहुने ओलीको भनाइ छ। ‘१५ सालमा बनेको संसद्लाई १७ सालमा विघटन गर्ने राजा महेन्द्र हुन् होइन। २०४८ को संसद्लाई विघटन गरेर ०५१ मा मध्यावधि गर्ने काँग्रेस हो म होइन। गुरुजी, आफूले कति पटक संसद विघटन गरियो। मेरा मित्रलाई म भन्न चाहन्छु २०५८ साल असारमा संसद विघटन गरेको तपाईँले होइन,’ उनले भने।

    देउवाले त्यस बेला संसद विघटन गर्दा सबैले विरोध जनाए पनि आफूले मात्रै समर्थन गरेको ओलीको भनाइ थियो। संसद विघटन गरेर जनताका जाने काम प्रतिगमन नभएको उनले दोहो¥याए।

    प्रतिक्रिया दिनुहोस्

    images