images
images
  • निषेधको राजनीति अन्त्य हुनुपर्छ: राजेन्द्र लिङ्देन

    काठमाडौं- राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले निषेधको राजनीति अन्त्य हुनुपर्ने बताएका छन् ।

    संघीय संसदको अधिवेशन सुरु भएसँगै प्रतिनिधिसभाको जारी बैठकलाई सम्बोधन गर्दै उनले निषेधको राजनीति अन्त्य गरेर सबैको अस्तित्व स्वीकार्नुपर्ने बताए ।

    जनमतले कुनै पनि एक दलमात्र अघि बढ्न सक्ने म्यान्डेट नदिएकाले वर्तमान सरकारलाई राप्रपाले समर्थन गरेको उनको भनाइ छ । देशलाई शीरमा राखेर मुलुकको सबै समस्या समाधान गर्नुपर्ने बताउँदै उनले यसमा राप्रपा तयार रहेको र सरकारलाई सहयोग गर्ने बताए ।

    विगतमा संसदमा आफैँले गरेको प्रतिवद्धता केही पूरा नभएको स्मरण गर्दै लिङ्देनले भने, अघिल्लो संसदमा मैले बलियो भएर आउने भनेको थिएँ। भनेको जस्तो त भएन, तर जनताका भावनाको बलियो प्रतिनिधिका रुपमा हामी संसदमा आएका छौँ।

    देशमा समस्यै समस्याको चाङ रहेको बताउँदै उनले सबै मिलेर समस्याको हल हुनुपर्ने बताए। उनले भने, हामीले कसैले कसैलाई निषेध गरेर होइन्, विचारभन्दा माथि देश छ भन्ने सोचको विकास गर्दै सबैले समस्याको हल गर्नुपर्छ।

     

     

     

     

    प्रतिक्रिया दिनुहोस्

    images