images
images
  • प्रदेश १: एमालेका कार्कीद्वारा मुख्यमन्त्रीका लागि दाबी पेस

    विराटनगर- प्रदेश १ मा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मत कुमार कार्कीले प्रदेश १ को मुख्यमन्त्री पदमा दाबी पेस गरेका छन्।

    प्रदेश प्रमुख परशुराम खापुङले सरकार गठनका लागि दिएको समयसीमाभित्र कार्कीले चारवटा पार्टीको समर्थनमा मुख्यमन्त्री पदमा दाबी पेस गरेका हुन्।

    कार्कीलाई मुख्यमन्त्रीका लागि एमालेका ४०, माओवादीका १३, राष्ट्रिय प्रजातन्त्र पार्टीका ६ र जनता समाजवादी पार्टीका १ सहित ६० जना सांसदले समर्थन गरेका छन् । कार्कीले सोमबार मुख्यमन्त्रीमा शपथ लिने बताए ।

    प्रदेश प्रमुख परशुराम खापुङले आइतबार बेलुका ५ बजेसम्म मुख्यमन्त्रीमा दावी पेस गर्न आह्वान गरेका थिए । प्रदेश १ को प्रदेशसभा ९३ सदस्यीय छ । सरकार बनाउन ४७ सांसदको समर्थन चाहिन्छ । कार्कीलाई ६० जना सांसदको समर्थन छ ।

    प्रदेशसभामा कांग्रेसको २९ र एकीकृत समाजवादीको ४ जना सांसदको प्रतिनिधित्व छ ।

    प्रदेश प्रमुख खापुङले संविधानको दफा १६८ को उपदफा ९२० बमोजिम दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्नका लागि पुस २४ गते आइतबार बेलुकी ५ बजेभित्र दाबी पेस गर्न समय दिएका थिए ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images