images
images
  • सरकारको प्रवक्तामा अर्थमन्त्री पौडेल

    काठमाडौं- सरकारको प्रवक्ताको जिम्मेवारी उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई दिइएको छ ।

    बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उपप्रधानमन्त्री पौडेललाई सरकारको प्रवक्ताको जिम्मेवारी दिएको हो ।

    यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्री रवि लामिछानेलाई प्रवक्ताको जिम्मेवारी लिन प्रस्ताव गरेका थिए । लामिछानेले सो जिम्मेवारी लिन नमानेपछि पौडेललाई प्रवक्ता बनाइएको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images