images
images
  • नेपाल टी-२०: काठमाडौंमाथि लुम्बिनीको फराकिलो जित, लिगको क्वालिफायर्समा लुम्बिनी

    काठमाडौं- नाईट्सलाई १०२ रनको फराकिलो अन्तरले पराजित गर्दै लुम्बिनी अलस्टार्स नेपाल टी-२० लिगको क्वालिफायर्समा पुगेको छ ।

    प्रतियोगितामा आठौं खेल जित्ने क्रममा लुम्बिनीले काठमाडौंलाई १०२ रनले हराएको हो । यो नजिता जारी प्रतियोगिताको सबैभन्दा फराकिलो अन्तरको नतिजा हो ।

    त्रिवि क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनीले दिएको १८४ रनको लक्ष्य पछ्याएको काठमाडौं १५ ओभर ४ बलमा ८१ रन जोडेर अलआउट भयो ।

    काठमाडौंलाई पराजित गर्ने क्रममा लुम्बिनीका कुशल भुर्तेल, इशान पाण्डे र ह्यारी टेक्टरले समान दुई दुई विकेट लिए । काठमाडौंका लागि बसिर अहमदले २२, कमलसिंह ऐरीले १६ तथा कप्तान ज्ञानेन्द्र मल्ल र लोकेश बमले समान १५÷१५ रन जोडेका थिए ।

    टस जितेर पहिला ब्याटिङ गरेको लुम्बिनीले निर्धारित १७ ओभरमा ६ विकेट गुमाएर १८३ रन बनाएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images