काठमाडौं- पाँचथर जिल्लाको फिदिम नगरपालिका –८ घुमाउनेटारमा आगलागीमा परेर दुई जनाको मृत्यु भएको । स्थानीय मेघबहादुर गुरुङको घरमा आगलागी हुँदा छोरी र बुहारीको मृत्यु भएको हो।
त्यस्तै दुईजना घाइते भएका छन् । छोरा वीरेन्द्र र स्वयं मेघबहादुर घाइते भएको जिल्ला प्रहरी कार्यालय फिदिमका प्रहरी प्रवक्ता सन्तोषकुमार राईले जानकारी दिए।
बिजुली ‘सट’ भएर आगलागी भएको अनुमान प्रहरीको अनुमान छ। आगलागीले घर पूर्णरूपमा क्षतिग्रस्त भएको छ।
आगलागीबाट करिब ५० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
आगलागीमा परी मेघबहादुर र विजेन्द्र गुरुङ सामान्य घाइते भएका र अन्य तीनजना भने भाग्न सफल भएका थिए। आगलागीबाट घर पूर्णरूपमा क्षति हुँदा त्यहाँ भएको अन्नपात, गरगहना, किराना पसलसमेत गरी अनुमानित ५० लाख बराबरको धनमाल क्षति भएको हुनसक्ने उनले बताए।
प्रतिक्रिया दिनुहोस्





















