काठमाडौं- जनकपुर रोयल्सलाई ५ रनले पराजित गर्दै लुम्बिनी अलस्टार्सले प्रतियोगितामा सातौं जित हात पारेको छ ।
त्रिवी क्रिकेट मैदानमा भएको खेलकमा यसअघि नै प्लेअफमा पुगिसकेको लुम्बिनीले दिएको १७९ रनको लक्ष्य पछ्याएको जनकपुरले २० ओभरमा ५ विकेटको क्षतिमा १७३ रन मात्र जोड्न सक्यो।
जनकपुरका लागि चाडविक वाल्टनले नटआउट ५९ रन जोडे पनि जितका लागि पर्याप्त हुन सकेन। उनले ३६ बलमा ३ चौका र ४ छक्का प्रहार गरे। ओपनरद्वय ट्रेवन ग्रिफिप्त र शाराफुद्दिन असरफले २६(२६ रन जोडे। सन्दीप जोराले पनि २१ बलमा २६ रन नैं जोडेका थिए।
बलिङमा लुम्बिनीका ह्यारी टेक्टर र विपुल शर्माले २-२ विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले ६ विकेटको क्षतिमा १७८ रन जोड्यो। लुम्बिनीका लागि हरमित सिंहले ७३ रन जोडे। उनले ४७ बलमा ५ चौका र ६ छक्का हिर्काए। लाहिरु मिलन्थाले ३३ रन बुटले।
बलिङमा जनकपुरका असरफले ३ विकेट लिए।
लिगमा लुम्बिनी ८ खेलमा ७ जितसहित १४ अंक जोडेर अंक तालिकाको शिर्ष स्थानमा छ । त्यस्तै जनकपुर ८ खेलमा ५ जित र ३ हार सहित १० अंक सहित दोस्रो स्थानमा छ ।


विश्व खबर 


















