images
images
  • नेपाल टी-२० लिग: फारवेस्टमाथि जनकपुरको सहज जित

    काठमाडौं- फारवेस्ट युनाइटेडमाथि ८२ रनको सहज जित निकाल्दै जनकपुर रोयल्सले नेपाल टी-२० लिगमा पाँचौं जित हात पारेको छ । पाँचौं जितसँगै जनकपुर प्लेअफ नजिक पुगेको छ ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार १६१ रनको लक्ष्य पच्छ्याएको फारवेस्ट १५.१ ओभरमा ७९ रनमा अलआउट भयो ।

    फारवेस्टका लागि हसमतुल्लाह शहिदीले सर्वाधिक ३२ रन बनाए । रसिद खानले अविजित १७, ओपनर भीम सार्कीले १६, देव खनालले १ रन रन जोडे । जनकपुरका लागि समिउल्लाह सेनवारीले सर्वाधिक ३ विकेट लिए, सोमपाल कामी र पवन सरार्फले समान २–२ विकेट लिए ।

    टस हारेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ७ विकेट गमाउँदै १६१ रन बनायो । उसका सन्दीप जोराले सर्वाधिक ५५, कप्तान त्रिभोन ग्रिफ्थले ३२, सराफुद्दिन सरार्फले २०, चडविक वाल्टनले २४ रन र राजेश पुलामीले १६ रन बनाए ।

    फारवेस्टका लागि प्रकाश जैशीले र भुवन कार्कीले २ विकेट लिए ।

    जितसँगै जनकपुर रोयल्स ७ खेलमा ५ जित र २ हारसहित १० अंकका साथ अंक तालिकाको दोस्रो स्थानमा रहेको छ । फारवेस्ट भने ६ खेलमा १ जित र ५ हारसहित तालिकाको पुछारमा रहेको छ । फार वेस्टको पाँचौं हारसँगै प्लेअफ निकै यात्रा कठिन बनेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images