images
images
  • नेपाल टी-२०लिग: लुम्बिनीको छैटौं जितसहित प्लेअफमा

    काटठमाडौं- विराटनगर सुपर किङ्ग्सलाई १२ रनले पराजित लुम्बिनी अल स्टार्सले प्रतियोगितामा छैटौं जित हात पारको छ । विराटनगरलाई हराउँदै लुम्बिनी जारी प्रतियोगिताको प्लेअफमा पुग्ने पहिलो टिम बनेको छ ।

    किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार भएको दोस्रो खेलमा टस जितेर ब्याटिङ रोजेको लुम्बिनीले निर्धारित २० ओभरमा १२२ रन बनाएको हो ।

    लुम्बिनीका लागि कप्तान दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ५० रनको अविजित अर्धशतकीय पारी खेले । कुशल भूर्तेल, ह्यारी टेक्टर र अनिल शाहले समान १३–१३ रन बनाए । अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

    लुम्बिनीले विराटनगर सुपर किंग्सलाई १२ रनले हराउँदै अन्तिम चारमा स्थान पक्का गर्यो । जितको लागि १ सय २३ रनको विजयी लक्ष्य पछ्याएको विराटनगर १९.३ ओभरमा १ सय १० रनमा अल आउट भयो ।

    यस्तो छ अंक तालिका
    लुम्बिनी ७ खेलमा ६ मा जित र १ मा हारसहित १२ अंकका साथ शीर्ष स्थानमा छ । विराटनगर ६ खेलमा २ मा जित र ४ मा हारसहित ४ अंकका साथ पाँचौं स्थानमा छ । फार वेस्ट युनाइटेड ५ खेलमा १ मा जित र ४ मा हारसहित पुछारमा छ । युनाइटेड र विराटनगर मध्य अव एक टोलीमात्रै १२ अंकमा पुग्ने हुँदा लुम्बिनीको प्लेअफ पक्का बनेको हो । पोखरा भने बाँकी तीन खेल जित्दा १० अंक सम्म मात्रै पुग्न सक्छ ।

    जनकपुर रोयल्स ६ खेलमा ४ मा जित र २ मा हारसहित ८ अंकका साथ दोस्रो स्थानमा छ । काठमाडौं ५ खेलमा ३ मा जित र २ मा हारसहित ६ अंकका साथ तेस्रो स्थानमा छ । पोखरा ७ खेलमा २ मा जित र ४ मा हारसहित ४ अंकका साथ चौथो स्थानमा छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images