काठमाडौं- यतिबेला सिंहदरबारमा छुट्टै चहलपहल छ । नयाँ सत्ता समिकरणले माहोल तात्तिएको छ । सत्तामा सामेल साना दलहरू कोही पावर बार्गेनमा ब्यस्त नै छन् भने प्रधानमन्त्री बनिसकेका ‘प्रचण्डहरू’ पावरको चास्नीमा डुबिसकेका छन् ।
यही समिकरणमा अर्थमन्त्रालयको बागडोर सम्हाल्न तेस्रोपटक सिंहदरवार छिरेका मन्त्री बिष्णु पौडेल पनि सरोकारवालालाई विभिन्न आश्वासन दिन व्यस्त रहेका छन् । पौडेलले ह्याट्रिक गरेको अर्थमन्त्रालयले गर्नुपर्ने क्षेत्रको अवस्था भने उति राम्रो छैन यतिबेला । आफ्नो राजनीतिक करियरमा दोस्रो पटक अर्थमन्त्री उनै पौडेलले छोडि गएको जस्तो अवस्था अहिले पटक्कै छैन ।
जनार्दनले छाडेको अर्थतन्त्र !
२०७८ को असार अन्तिम साता सिंहदरवारमा छुट्टै चहलपहल थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सरकारबाट बाहिरिएका थिए । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई अरू चार दलले समर्थनपछि प्रधानमन्त्री बनेका थिए ।
त्यही सरकारमा अहिलेका प्रधानमन्त्रीका खास मान्छे मानिने जनार्दन शर्मा अर्थमन्त्री रूपमा मुस्कुराउँदै सिंहदरबार छिरेका थिए । अर्थमन्त्रालय पुग्दा शुरू शुरूमा शर्माले पनि खुब फुर्तिफार्ती देखाए ।
आफ्नो बिगतमा उर्जा मन्त्रालयमा पाएको केही सफलताको आडमा उनले कर्मचारीहरूमाथि हप्कीदप्की नै गरेको कुरा पनि बाहिरिए । सबैभन्दा ठूलो कुरा उनले ओली नेतृत्वको अघिल्लो कामचलाऊ सरकारले ल्याएको बजेट नै नमान्ने भन्दै प्रतिस्थापन बजेट ल्याए । सोही जगमा करिब एक साता नेपालमा पहिलो पटक गर्भमेन्ट सटडाउन भयो । तत्कालीन अर्थमन्त्री शर्माको विवादको श्रीङ्खला यहीबाट शुरू भयो । त्यसपछि उनी आफ्नो कार्यकालभरी नै विवादै विवादमा रहे । उनलाई निकै गम्भिर आरोप लागे । राष्ट्रकै बजेटका पानाहरूमा अनधिकृत व्यक्तिहरूलाई घुसाएको आरोप उनीमाथि लाग्यो । उनले संसदीय विशेष समितिमा बयान नै दिनुप¥यो ।
आन्तरिक तरलता संकट, कोरोना महामारी र अन्तर्राष्ट्रिय मन्दीको चपेटामा परी अर्थतन्त्र खस्किदै गयो । तर, शर्मा भने कार्यकालभरी हरेक दिन, हरेक क्षणजसो हरेक मिडियामा ‘हेडलाइन’ बनिरहे । अर्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्थतन्त्र यतिबेला निकै कमजोर बनिसकेको बिश्लेषण हुन थालेको छ । मंहगीले बजार र उपभोक्ता थिचिएका छन् । बैंकहरूले लगानी गर्ने पुँजी परिचालन गर्न रोकिसकेका छन् । निजी क्षेत्रले दिइरहेको रोजगारी ५० प्रतिशत घटिसकेको अनौचारिक तथ्यांकहरू आएका छन् । यतिमात्रै होइन, सरकालको प्रमुख आन्तरिक स्रोत राजश्व समेत उठ्न नसकी चालू खर्च चलाउन पनि सरकारलाई धौ परेको अर्थमन्त्रालयका अधिकारीहरू बताउँछन् ।
अर्थमन्त्री पौडेल सफल होला ?
अर्थतन्त्रको यही जगमा आर्थिक क्षेत्रको बागडोर सम्हाल्न सिंहदरबार पुगेका मन्त्री पौडेलले बिगत पनि सम्झन लायक छैन ।
उसो त उनी अर्थमन्त्री बनेको सूचना आएकै दिन पूँजी बजारमा सकारात्मक सञ्चार पैदा हुनुलाई कतिपयले निकै सकारात्मक मानेका छन् । तर, अर्थमन्त्रालयको पुगेको केही दिनमा सकारात्मक सन्देश दिनमा मात्रै ब्यस्त रहेका पौडेलले छाडेको बिगतको छापले उनलाई पनि आर्थिक क्षेत्रले पत्याएको छैन । बिगतमा दुइ पटक अर्थमन्त्री बनिसकेका पौडेल एमाले अध्यक्ष ओलीका ‘म्यासेन्जर’ बन्न बाहेक खास केही गर्न सकेका थिएनन् ।
नेपाली इतिहासमै एक विद्वानको अर्थमन्त्रीको आम आशाका साथ छिरेका पूर्व गर्भनर युवराज खतिवडा समेत असफल सिद्ध भएर बर्हिगमन भएपछि त्यतिबेला दोस्रो पटक अर्थमन्त्री बनेका थिए, पौडेल । कोरोना महामारीले थिलथिलो बनेको अर्थतन्त्र सुधार्न ठोस कार्ययोजना नल्याइ अनावश्यक टिप्पणी गरेको आरोप उनीमाथि लागेको थियो । आर्थिक विषयमा त्ति जानकार नभएका पौडेलले त्यतिबेला भनेको अर्थतन्त्र ‘भी आकार’ मा बढ्ने भन्ने अभिव्यक्तिलाई अधिकांश विद्वानहरूले हाँस्याष्पद् भन्दै टिप्पणी पनि गरेका थिए ।
यही इतिहासको जगमा अर्थमन्त्रीको रूपमा ह्याट्रिक गरेका पौडेलप्रति आर्थिक क्षेत्र खासै खुशी छैन । अर्थशास्त्रीहरूले पनि उनको आगमनमा उत्साह होइन, बरू चुानैती बढी देखेका छन् । अर्थशास्त्री डिल्ली खनाल भन्छन्, ‘यो निकै कठिन समय हो । राष्ट्रिय र अन्तर्राष्ट्रयरुपमा अर्थतन्त्रमा गम्भीर चाप परेको छ । यस्तो बेलामा मनत्रालय सम्हाल्न पुगेका उहाँले खास सुधार गर्नुहोला जस्तो लाग्दैन । बरू विवादित नबनी आफ्ना चुनौतीहरूलाई पहिलो हेरून् भन्ने शुभकामना छ ।’
नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षत्री पनि खनालको जस्तै तर्क गर्छन् । क्षत्री भन्छन्, ‘कोही व्यक्ति विशेषको कुरा होइन । तर, जो आए पनि उस्तै रहने अवस्था हामीले भोगिरहेकै छौं । अर्थतन्त्र निकै संकटउन्मुख रहेको अवस्था नयाँ मन्त्री ज्यूले पनि खास केही गर्नुहोला जस्तो लाग्दैन । तर, ठूलो क्षेत्रको तालुकदार निकाय अर्थमन्त्रालयको लिडर भएकाले उहाँ जिम्मेवार हुनुहोस् ।’


विश्व खबर 


















