images
images
  • कार दुर्घटनामा भारतीय क्रिकेटर ऋषभ पन्त गम्भीर घाइते

    काठमाडौं- भारतका स्टार क्रिकेटर ऋषभ पन्त कार दुर्घटनामा परी गम्भीर घाइते भएका छन् ।

    समाचार एजेन्सी पीटीआईका अनुसार पन्त सवार कार शुक्रबार उत्तराखण्डको रुर्कीमा डिभाइडरमा ठोक्किंदा दुर्घटनाग्रस्त भएको हो । २५ वर्षीय क्रिकेटर पन्त शुक्रबार बिहान ५:३० बजे रुर्की नजिकै दुर्घटनामा परेका भारतीय सञ्चार माध्यमले खबर लेखेका छन् ।

    दुर्घटनामा परी गम्भीर घाइते बनेका उनको रुडकी सिभिल अस्पतालमा प्रारम्भिक उपचारपछि देहरादुनको म्याक्स अस्पतालमा सारिएको छ ।

    पन्त कारबाट उत्तराखण्डस्थित आफ्नो घर जाँदै थिए । रुर्कीको नरसन सीमामा हमादपुर झालको मोडमा उनको मर्सिडीजले नियन्त्रण गुमाएर रेलिङमा ठोक्किएपछि कारमा आगो लागेको र पल्टिएको प्रहरीलाई उद्धृत गर्दै भास्करले खबर लेखेको छ ।

    पूर्वक्रिकेटर भीभीएस लक्ष्मणले ट्विट गर्दै ऋषभ खतरामुक्त भएको जानकारी दिएका छन् । टाउको र खुट्टामा चोट लागेका ऋषभलाई सुरुमा हरिद्वारको रुड्कीस्थित एक अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । अहिले उनलाई देहरादुनको म्याक्स अस्पताल सारिएको छ ।

    ऋषभ आफैले मर्सिडिज कार चलाएको बताइएको छ । २५ वर्षीय ऋषभ यही जनवरी ३ देखि सुरु हुने श्रीलंकासँगको ट्वान्टी-२० र एकदिवसीय शृंखलाका लागि टोलीमा अटाएका थिएनन् । फेब्रुअरीमा अस्ट्रेलियासँग हुने टेस्ट शृंखलाअघि उनलाई बेंगलुरुस्थित नेसनल क्रिकेट एकेडेमी पठाइएको थियो ।

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images