images
images
  • प्रदेश १ कांग्रेस संसदीय दलको नेतामा उद्धव थापा, अर्याललाई २ मत

    विराटनगर- नेपाली कांग्रेस प्रदेश १ संसदीय दलको नेतामा उद्धव थापा विजयी भएका छन् । शुक्रबार बिहान सम्पन्न निर्वाचनमा थापा १८ मतका साथ विजयी भएका हुन् ।

    उनका निकटतम प्रतिस्पर्धी केदार कार्कीले ९ र अमृत अर्यालले जम्मा दुई मत पाए । सिटौला समुह भनिएका थापालाई देउवा समुहले समर्थन गरेको बुझिएको छ । देउवा समुहको बलियो नेता मानिएका अर्यालले लज्जास्पद मत पाउनुले केन्द्रिय नेतृत्व बाट थापालाईनै समर्थन रहेको देखिएको हो । थापा नेपाली काङ्ग्रेस प्रदेश १ सभापति समेत हुन् ।

    अर्याल सभापति शेरबहादुर देउवानिकट र कार्की शेखर कोइरालानिकटका हुन् ।

    संस्थापनइतर समुहबाट उम्मेदवारी दिएका कार्की यसअघिका प्रमुख सचेतक हुन् । आन्तरिक मामिला तथा कानुन मन्त्री समेत रहेका कार्की संसदीय दलको नेता बन्ने तयारीमा थिए । प्रदेश १ मा काङ्ग्रेसबाट प्रत्यक्ष र समानुपातिक गरि २९ जना प्रदेश सभा सदस्य छन् ।

    पाँचदलीय गठबन्धन भत्किएसँगै एकाएक यहाँको संसदीय दलको समीकरण बदलिएको थियो ।

    यसअघि यहाँ सिटौला पक्षमा खुलेका ९ सांसद थिए । पछिल्लो समयमा देउवाका विश्वास पात्र मानिने ज्ञानेन्द्रबहादुर कार्कीले उनलाई काँध थापेको कांग्रेसका एक नेताले बताए । यस्तै संस्थापन पक्षकै प्रभावशाली नेता तथा प्रदेश १ उपसभापति रमेशजंग रायमाझीले पनि उनलाई साथ दिएका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images