images
images
  • मन्दीको चपेटामा नेपालः जताततै संकट

    काठमाडौं – नेपाली अर्थतन्त्र मन्दीको चपेटामा परिसकेको छ । बैंक तथा वित्तीय क्षेत्रमा आएको उच्च तरलता संकटले यतिबेला उद्योग क्षेत्रमा पनि संकट गम्भीर भइसकेको सरोकारवालाहरू बताउँछन् । औपचारिक रूपमा नियामक निकायका अधिकारीहरू भने यो कुरा स्वीकार गर्न नमाने पनि अनौपचारिक कुराकानीमा भने उनीहरूले नेपाली अर्थबजार संकटमा फसिसकेको बताउँछन् ।

    बैंकिङ क्षेत्रको ठूलो लगानी रहेको घर जग्गा तथा रियलस्टेट क्षेत्रको कारोबार ठप्प प्राय बनेको छ । यो क्षेत्रमा गरिएको ठूलो लगानी उठ्न सकेको छैन । बैंकिङ व्याजका कारण उद्योगीहरू निकै त्रसित नै बनेका छन् । उद्योगीहरूकाअनुसार मनलाग्दी र अचाक्ली बढेको ऋणको व्याजका कारण उत्पादन लागतसँगै बढेको महंगीका काराण माग तथा खपत निकै घटेको छ । बजार दैनिक उपभोग्य तथा अत्यावश्यक सेवा क्षेत्र बाहेक अन्य क्षेत्र निकै सुस्ताइसकेको छ । निर्माण सामग्री उत्पादन गरिरहेका उद्योगी किशोर प्रधान भन्छन्, ‘ हामी कराएकोजस्तो हुन्छ । यो कुरा आखिरी सरकारलाई पनि थनाहा छ ।

    तर, यस्तो गम्भीर संकट आइसक्दा पनि उनिहरू कसरी हेर्न सकिरहेका हुन् कुन्नि ! बजारमा उत्पादन भएको वस्तुको लागत निकै बढ्दा उपभोक्ता पहुँचभन्दा बाहिर बजार जान थालिसकेको छ । बजारमा नियमित मागको सट्टा आधाभन्दा बढी घटिसकेको छ ।’ उनकाअनुसार बजारमा रोजगारीमा पनि ठूलो कटौती भइसकेको छ । बिलासिता मानिने, अटोमोबाइल उद्योग, निर्माण व्यवसाय, महंगा मोबाइल फोनको बजार लगायतका कयौं क्षेत्रमा कारोबार निकै कम भएको छ ।

    अनुत्पादक लगानी बढ्दो
    मन्दीको बिस्तारै बढ्ने कुरा आउँदै गए पछि यतिबेला मानिसहरू आफ्नो रकम सुरक्षित क्षेत्रमा लगानी गर्न थालेका छन् । आवश्यक पर्नेबित्तिकै बिक्री गर्न सकिने सबैभन्दा सजिलो सुन चाँदीमा लगानी बढिरहेको ब्यसायीहरू बताउँछन् । अपिहले औसतामा दैनिक २० देखि २५ किलो सुन बजारमा कारोबार भइरहेको अनौपचारिक तथ्यांक छ । सुन चाँदी व्यवासायी मणिरत्न शाक्यले भने, अहिले बजारमा माग अनुसार आपूर्ति गर्न पनि सकिएको छैन । माग बढिरहेको छ तर, आपूर्ति निकै कम भइरहेको छ ।’

    यही कारण बैंकिङ संस्था तथा सहकारीहरूमा भएको निक्षेप रकम धमाधम निकालिरहेका छन् । किन यस्तो भइरहेको छ त? पूर्व गर्भनर तिलक रावल भन्छन्, ‘अहिले बैंकहरूले पनि निक्षेप रकम निकाल्ने सीमा तोक्न थाले । यसले गर्दा आफूले दुःख गरी कमाएको रकम आवश्यक पर्दा पाउँदैन कि भन्ने डरले मानिसहरू ५, १०, १५ लाखसम्मको सानो पूँजीको सुन किनेर घरमा राख्न थालेका हुन् ,। भन्ने वित्तिकै बेच्न सकियोस् भन्न्ने उद्देश्य देखिनछ ।’

    बढ्दो अनौपचारिक कारोबार
    जतातै आर्थिक संकट परिरहेको बेला अनौपचरिक कारोबार भने बढेको देखिन्छ । । बैंकहरूले ऋण दिन बन्द नै गरेपछि अनौपचारिक रूपमा घरजग्गा गाडी लगायतका जिन्सी सामान धितो राखी ऋण दिने र दिलाउने ब्यक्तिहरू यतिबेला बजारमा प्रसस्तै भेटिन्छन् । फेसबुक लगायतका सामाजिक सञ्जालमा बनेका विभिन्न गु्रपहरू मार्फत समेत ऋण लिने दिने क्रम भइरहेको देखिएको छ ।

    ‘अनौपाचारिक रूपमा ऋण दिने त्यस्ता कारोबारीहरूले ऋण दिने र उठाउने जिम्मा कोही एक बलियो व्यक्तिलाई दिएको हुन्छ । त्यस्ता व्यक्तिले ५ लाखदेखि ५ करोडसम्म पनि ऋण दिने गरेको पाइन्छ ।’ अर्थशास्त्री डिल्लीराज खनालले भने, ‘यसरी मौलाएको अनौपचारिक कारोबारले पनि नेपाल मन्दीतर्फ धकिलिने संकट बढेको हो ।’

    अर्थतन्त्र राम्रै छः राष्ट्र बैंक
    नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालू आर्थिक वर्षको पहिलो चार महिनामा नेपालको चालु खाता ३५ अर्ब ४० करोडले घाटामा छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता २२० अर्ब ९१ करोडले घाटामा रहेको थियो ।
    समीक्षा अवधिमा शोधनान्तर स्थिति २० अर्ब ३ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति१५० अर्ब ३८ करोडले घाटामा रहेको थियो ।

    यो तथ्यांकले यो वर्ष आर्थिक संकट होइन स्थििति निकै सुध्रिएको देखिन्छ । तर, यो अवधिमा नेपालले आयात बजारमा निकै कटौती गर्दा केही सुधार भएको विश्लेषकहरू बताउँछन् । आयात घटाउनु राम्रौ भए पनि विना विकल्प गरिएको कटौतीले राजश्व प्रणालीमै गम्भीर असर परिसकेको हुँदा क्ष्सको असर अर्थतन्त्रमा अर्को तरिकाले परिसकेको छ ।

    २०७९ असार मसान्तमा रु.१२१५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २.२ प्रतिशतले कमी आई २०७९ भदौ मसान्तमा रु.११८९ अर्ब १६ करोड कायम भएको छ । आर्थिक वर्ष २०७९÷८० को चार महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ९.७ महिनाको वस्तु आयात र ८.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०७९ कात्तिक मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः २५.७ प्रतिशत, ७०.० प्रतिशत र २२.४ प्रतिशत रहेका छन् । २०७९ असार मसान्तमा यी अनुपातहरु क्रमशः २५.१ प्रतिशत, ५७.८ प्रतिशत र २२.१ प्रतिशत रहेका थिए ।

    यो पर्याप्तता पनि अहिले रोकिएका विभिन्न वस्तुहरूको आधारमा निर्धारण गरिएको हो ।

    २०७९ कात्तिक महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८.०८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.०४ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.३८ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.६३ प्रतिशत रहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images