images
images
  • कोरियाविरुद्ध ब्राजिल तथा जापानविरुद्ध क्रोएसिया भिड्दै

    फिफा विश्वकप २०२२ मा आज अन्तिम १६ को खेलमा जापान र क्रोएसियाबीच पहिलो खेल हुँदैछ।

    खेल नेपाली समयअनुसार राति ८:४५ मा सुरु हुनेछ।

    दोस्रो खेलमा पाँच पटकको विजेता ब्राजिल र एसियन टिम दक्षिण कोरिया भिड्दैछन्। खेल राति १२:४५ मा सुरु हुनेछ।

    चोटका कारण अघिल्ला खेल गुमाएका ब्राजिलिय फरवार्ड नेइमार आजको खेलमा मैदान फर्कने सम्भावना छ।

    समूहको अन्तिम खेलमा पराजित भएको ब्राजिलविरुद्ध कोरियाको खेल हेर्नलायक हुने विश्वास गरिएको छ।

    अघिल्लो खेलमा कोरियाले पोर्चुगलमाथि २-१ गोलको जित निकालेको थियो।

    प्रतिक्रिया दिनुहोस्
    images
    images