images
images
  • ग्वार्कोमा अन्तराष्ट्रिय मापदण्ड अनुसार देशकै पहिलो फ्लाइओभर निर्माण हुदैँ

    काठमाडौं – ललितपुरको ग्वार्को चोकमा देशकै पहिलो फ्लाइओभर (ग्रेट सेप्रेटेड इन्टरसेक्सन) निर्माण हुने भएको छ ।

    सडक विभागकाअनुसार फ्लाइओभर निर्माणका लागि डिजाइनलगायतका अन्य आवश्यक पूर्व तयारीहरु भइसकेकाले शुक्रबारदेखि निर्माण कार्य सुरु गरिनेछ ।

    दुई वर्षभित्र निर्माण सम्पन्न हुने गरि ठेक्का लागेको फ्लाइओभरको निर्माणको काम एमरएस आशिष–समानान्तर (जेभी)ले पाएको छ । ६ मिटर उचाई हुने फ्लाइओभरलाई अन्तराष्ट्रिय मापदण्डअनुसार निर्माण गरिनेछ ।

    चक्रपथ विस्तार आयोजनाअन्तर्गत विस्तारित सडक खण्डमा कोटेश्वरदेखि कलंकीसम्म जाम हुने तीन क्षेत्रमा फ्लाइओभर निर्माण गरिने छ। जसअन्तर्गत ग्वार्को चोकमा पहिलो फ्लाइओभर निर्माण हुन लागेको हो ।

    कुल ४५५ मिटरको लम्बई हुने फ्लाइओभरमा ग्राउण्ड क्लियरेन्स ६ मिटर हुनेछ भने फ्लाइओभरमा सवारी साधन चढ्नका लागि १८० मिटर दाँयातर्फ र ११० मिटर बाँयातर्फ र्‍याम्प निर्माण गरिनेछ ।

    फ्लाइ ओभरको निर्माण नसकिएसँगै उक्त क्षेत्रको सवारी व्यवस्था फरक ढंगबाट हुने छ ।

    निर्माण नसकिएसम्म कोटेश्वरबाट सातदोबाटोतर्फ जाने यात्रुबाहक, माहलबाहक तथा दुईपांग्रे सवारी साधनहरूलाई बालकुमारी पुलबाट सर्भिस लेनमा पठाइने छ । साना चारपांग्रे सवारी साधनहरूलाई फास्ट ट्रयाकबाट चलाइने छ ।

    कोटेश्वरबाट सातदोबाटोतर्फ जाने र आउने सम्पूर्ण सवारी साधनलाई ग्वार्को चोकभन्दा ६ सय मिटर अगाडि र पछाडि सर्भिस लेन हुँदै चलाउने व्यवस्था गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images