images
images
  • इन्भेष्टमेन्ट बैंक र मेगा बैंकले कति-कति प्रतिशत लाभांश बाँड्दैँ छन् त ?

    काठमाडौं –दुवै एक आफूमा गाभिने प्रक्रियामा रहेका नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकले लाभांश घोषणा गरेका छन् ।

    नेपाल इन्भेष्टमेन्ट बैंकको सञ्चालक समिति बैठकले आफ्ना शेयरधनीहरुलाई आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश भएको हो ।

    इन्भेष्टमेन्ट बैंकले शेयरधनीलाई हाल कायम चुक्ता पुँजी १८ अर्ब ३० करोड ७५ लाख ४१ हजार ३२३ रुपैयाँको ११ प्रतिशतले हुन आउने २ अर्ब १ करोड ३८ लाख २९ हजार ५४६ रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

    यसैगरी मेगा बैंकले शेयरधनीलाई हाल कायम चुक्ता पुँजी १६ अर्ब १२ करोड ४ लाख ६१ हजार ४५३ रुपैयाँको ७.८३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

    कम्पनीले चुक्ता पुँजीको ४ प्रतिशत बोनस शेयर र लाभांशमा लाग्ने कर प्रयोजनको लागि समेत गरी ७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images