images
images
  • श्रीलंकाका क्रिकेटर दानुष्का बलात्कार आरोपमा अष्ट्रेलियाको सिड्नीबाट पक्राउ

    काठमाडौं-श्रीलंकाका क्रिकेटर दानुष्का गुणतिलका बलात्कार आरोपमा पक्राउ परेका छन् ।अष्ट्रेलियाको सिड्नीमा पक्राउ परेको बीबीसीले जनाएको छ । दानुष्कालाई उनका साथीहरुले सिड्नीमै छाडेर हिंडेको समाचारमा उल्लेख छ ।

    क्रिकेटका समिक्षक रेक्स क्लेटेन्टाइनले सामाजिक सन्जालमा दानुष्का बलात्कार आरोपमा शनिबार पक्राउ परेको उल्लेख गरेका छन् । उनका अनुसार दानुष्का तीन हप्ता अगाडि घाइते भएका थिए । त्यसपछि एशेल बंडाराले टिममा उनको स्थान लिएका थिए । तर टिम म्यानेजमेन्टले उनलाई फर्काउनुको साटो अष्ट्रेलियामा टोलीसँगै राखेको थियो ।

    उनलाई सिड्नीको एक होटलमा २९ वर्षीया महिलासँगै प्रहरीले पक्राउ गरेको अन्तर्राष्ट्रिय मिडियाहरुले लेखेका छन् ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images