images
images
  • गोरखा नगरपालिका-५ का अध्यक्ष रानाको निधन

    ११ कात्तिक, गोरखा । गोरखा नगरपालिका वडानम्बर ५ का अध्यक्ष खिलबहादुर रानाको निधन भएको छ ।

    भाइटीकाको दिन साँझ उनको निधन भएको हो । घरमै बसिरहेको बेला दिउँसो एक्कासी लडेर बेहोस भएपछि उनलाई गोरखा अस्पताल पुर्‍याइएको थियो ।

    गोरखा अस्पतालका अनुसार अस्पताल पुग्नुअघि नै उनको निधन भइसकेको थियो । मृत्युको कारण भने अझै खुल्न सकेको छैन ।

    युवा संघ नेपालका केन्द्रीय पदाधिकारी समेत रहेका उनी नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

    रानाको शव पोष्टमार्टका लागि गोरखा अस्पतालमा राखिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images