काठमाडौं- गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा सबै मतपेटिका संकलन हुन ढिलाइ हुँदा मतगणना सुरु हुनसकेको छैन ।
उत्तरी गोरखाको चुमनुव्री गाउँपालिकाका सबै मतदान केन्द्रबाट अझैसम्म मतपेटिका जिल्ला सदरमूकाम पुर्याउन सकिएको छैन ।
चुमनुव्री गाउँपालिकामा २३ मतदान केन्द्र छन् । ती केन्द्रका मतपेटिका शुक्रवार नेपाली सेनाको हेलिकप्टरमार्फत ढुवानी गर्न सुरु गरिएको थियो ।
तर, खराब मौसमका कारण सबै ठाउँको मतपेटिका ल्याउन नसकिएको प्रमुख जिल्ला अधिकारी तुलसी श्रेष्ठले जानकारी दिए ।
‘नौ वटा केन्द्रको मतपेटिका आयो, १४ वटाको अझै बाँकी छ,’ उनले भने, ‘मौसमले साथ नदिएपछि अरु फ्लाइट हुन सकेन ।’
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















