काठमाडौं- गोरखाको सहिद लखन गाउँपालिका–३ स्थित कन्टारमा गाडी दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ।
शुक्रबार साँझ करिब ७:५५ बजे मनकामनाबाट दर्शनार्थी बोकेर आबुखैरेनीतर्फ आउँदै गरेको गाडी गति अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटना भएको हो।
सशस्त्र प्रहरी बलका डिएसपी तथा प्रवक्ता शैलेन्द्र थापाका अनुसार गाडीमा चालकसहित १४ जना सवार थिए। तीमध्ये ७ जनाको घटनास्थलमै मृत्यु भएको छ।
मृत्यु हुनेमा ५ जना पुरूष र २ जना महिला छन्। उनीहरूको पहिचान खुलेको छैन।
बागमती प्रदेश ००६ ख ८४३० नम्बरको गाडीमा भारतीय यात्रुहरू रहेको बताइएको छ।
दुर्घटनामा अन्य ७ जना घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि आँबुखैरेनीतर्फ पठाइएको छ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















