images
images
  • शोधनान्तर घाटा उच्च वृद्धिमा ‘ब्रेक’ , शोधनान्तर स्थिति भन्नाले के हो ?

    काठमाडौं – निश्चित समयावधिभित्र आवासीय र गैर-आवासीय व्यक्ति र संस्थाबीच भएका आर्थिक तथा वित्तीय कारोबारहरूको सारांश नै शोधनान्तर स्थिति हो।

    नेपाल राष्ट्र बैंकले चालु खाता एवम् समग्र शोधनान्तर स्थिति सम्बन्धी विवरण मासिक रुपमा प्रकाशन गर्ने गरेको छ ।

    मुलुक भित्रने भन्दा बाहिरिने रकम बढी हुँदा मुलुकको शोधनान्तर स्थिति अघिल्लो आर्थिक वर्षमा निकै उच्च थियो । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा यस्तो घाटा २२ अर्ब ६३ करोड थियो ।

    एक महिनाको अवधिमा शोधनान्तर घाटा सामान्य बढेर २३ अर्ब ६८ करोडमा सीमित भएको छ । यसले शोधनान्तर घाटा उच्चदरमा बढ्ने क्रम रोकिएको देखिएको छ ।

    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो दुई महिनाको तथ्यांक अनुसार अहिले शोधनान्तर स्थिति २३ अर्ब ६८ करोडले घाटामा छ ।

    अघिल्लो वर्षको यसै अवधिमा शोधनान्तर स्थिति ९४ अर्ब ८० करोडले घाटामा थियो ।

    अमेरिकी डलरमा अघिल्लो वर्षको दुई महिनामा ८० करोड ९ लाखले घाटामा रहेको शोधनान्तर यस वर्ष १८ करोड ५९ लाखले घाटामा देखिएको छ ।

    चालु खाता घाटा समेत सुधार भइरहेको छ । यस वर्ष पहिलो दुई महिनामा चालु खाता घाटा ३७ अर्ब १८ करोड रुपैयाँ रहेको छ । गत आवमा यस्तो घाटा १ खर्ब ६ अर्ब ८ करोड रुपैयाँ रहेको थियो ।

    अमेरिकी डलरमा गत आवमा ८९ करोड ५९ लाखले घाटामा रहेको चालु खाता यस आवमा २९ करोड १७ लाख रुपैयाँले घाटामा रहेको छ ।

    यस वर्ष खुद प्रत्यक्ष लगानी भने अघिल्लो वर्षको तुलनामा घटेर ८० करोड ९७ लाखले ऋणात्मक रहेको छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images