काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोनाको दोस्रो लहरमा आम जनता मात्र होइन ठुलो संख्यामा डाक्टरको पनि ज्यान गएको देखिएको छ ।
समाचार एजेन्सी एएनआइले इण्डियन मेडिकल एसोसिएसनलाई उदृत गर्दै कोरोनाको दोस्रो लहरमा भारतमा ५९४ डाक्टरको मृत्यु भएको उल्लेख गरेको छ ।
भारतमा सबैभन्दा बढी डाक्टरको म्र्तियु राजधानी दिल्लीमा भएको छ । दिल्लीमा १०७ डाक्टर कोरोनाको दोस्रो लहरमा ज्यान गुमाएका छन् भने बिहारमा ९६ डाक्टरको निधन भएको छ ।
त्यस्तै उत्तर प्रदेशमा ६७, राजस्थानमा ४३, झारखण्डमा ३९, आन्ध्र प्रदेश र तेलंगानामा ३२(३२, गुजरातमा ३१ र पश्चिम बङ्गालमा २५ डाक्टरको कोरोनाबाट मृत्यु भएको उल्लेख छ ।
भारतमा कोरोनाबाट अहिलेसम्म कुल ३ लाख ३१ हजार भन्दा बढीको मृत्यु भइसकेको छ भने भारतमा अहिले १८ लाख भन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















