के खायो रेलिमै के लायो होला
मेरो माया रेलिमै वनको जुरेली चरीले ।’
वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको जीवनयात्रापनि जुरेली चरीको जस्तै छ । यही सिद्धान्तलाई अँगालेर वाङ्मय शताब्दीपुरुष जोशीले २०७९ वैशाख ३० गते १०३ वर्षे यात्रा पूरा गरेका थियो । अब उनको पार्थिव शरीर मात्रै हामीबीच छ । २०७९ असोज ३० गते बिहान १०३ वर्षको उमेरमा उनको स्वर्गारोहण भएको छ । जीवनमा उनको गुरु भनेकै जुरेली हो । जुरेली जस्तै उनको पनि सारा जीवन साधा नै रह्यो । कुनै किसिमको उत्ताउलो छैन । जुरेली आफ्नै धुनमा नाच्छ, गाउँछ, एकदमै सरल जीवन बाँचेको हुन्छ । भोलिको चिन्ता पनि गर्दैन । जे जति छ त्यसैमा सन्तुष्ट हुन्छ ।
जीवनमा चिन्ताबाट मुक्त हुनुपर्छ तर चिन्तन मनन गर्नुपर्छ भन्ने व्यक्ति हो जोशी । जस्तै नाइटिङगेलको सिद्धान्त छ ‘सिम्पल लिभिङ हाई थिङकिङ’ अर्थात् हामी मानिस भएर असल विचार र असल सङ्गत गर्नुपर्छ । चिन्तन मनन ईश्वरले दिएको वरदान हो । बुढेसकाल पनि जानियो भने धेरै राम्रो र जानिएन भने दुःख मात्रै हुन्छ । जोशीको विचारमा मानिस रुख र फूलको बोटजस्तै हो । सानैमा रोप्यो भने बुढोपनले छुँदै सुक्दै जान्छ । उमेर पुग्दै गएपछि सबै थोक कमजोर हुँदै जान्छ । त्यसैले जीवनमा चिन्तन र मनन गर्न सकिएसम्म मात्र जीवनको महत्त्व हुने जोशीको विचार छ ।
मनमा चिन्ता र तनाव हुनुहुँदैन, यसले मनमा दुबिधा र तर्क वितर्क उत्पन्न गर्छ । अनेक किसिमको रोग निम्त्याउँछ । मन शान्त हुँदैन । लामो आयु भएर काम छैन । जीवनमा केही गर्न सकियो भने मात्र उमेरको महत्त्व हुन्छ । राष्ट्र, जनता र समाजको निम्ति केही राम्रो योगदान गर्न सक्नुपर्छ । खाने र बाँच्ने मात्र भयो भने जीवनको अर्थ हुँदैन, शताब्दी पुरुष जोशी यस्तै भनाइ राख्न्थे ।
जोशीको जन्म
सत्यमोहन जोशीको जन्म १९७७ साल वैशाख ३० गते ललितपुरको बखुम्बहालमा भएको हो । सानामा उनको निकै चकचके थिए रे । उनलाई घरमा नै बाँधेर राखिन्थ्यो । तर त्यतिखेर उनी बोल्थे ।उनका कुरा बुबा आमाले इसारामा बुझ्थे ।पाँच वर्षसम्म पनि बोली नफुटेकाले उनलाई भक्तपुरको सूर्यविनायकको जङ्गलमा छाडिएको थियो । त्यस बेला जङ्गलमा एक्लो भएको अनुभूति भएपछि जोशी ‘माँ, ए माँ !’ भनेर चिच्याउनु भएको थिए । जोशीले सात वर्षको उमेरमा नेवार भाषाको प्रथम अक्षर लेखे । १० वर्ष पुगेपछि उनले नेपाली भाषा बोल्न सुरु गरेका थिए । तर नेपाली भाषा भने उनको प्रस्ट थिएन । त्यसैले उनले नेवारी मात्र बोल्थे ।
जोशीको बिहे र सन्तान
जोशीले १९ वर्षको हुँदा गणेशबहादुर पात्रबंसकी १४ वर्षकी छोरी राधादेवीसँग विवाह गरेका थियो । जोशी दम्पतीबाट ४ छोरा अणु, डा।हेमन्त, खगेन्द्र, डा।पूर्ण अनि ४ छोरी नर्वदा, कावेरी, दिलकुमारी र खड्गलक्ष्मी छन् ।
जोशीको जीवनशैली
जोशी सादा जीवन उच्च विचारका व्यक्ति थिए । एक डेढ घण्टासम्मको पैदल बाटोमा उनको सकेसम्म बस वा कुनै पनि सवारीसाधन चढ्थे । उनले सधैँ दौरा सुरुवाल, कोट, टोपी लगाएर मात्र घरबाट निस्किने गर्थे, उनको पहिचान पनि थियो ।
९० सालको भुइँचालोको सम्झना
विक्रम संवत् १९९० मा भुइँचालो जाँदा जोशी दरबार हाईस्कुलमा पढ्थे । त्यस घटनाभन्दा अगाडि जोशीले भुइँचालो भन्ने शब्दै सुन्नु नै भएको थिएन रे । नेपालमा भुइँचालो शब्दको प्रचलन सुरु भएको नै त्यही सालको भूकम्पपछि मात्रै हो । जनजीवनमा हामीबिच भुइँचालो भन्ने शब्दै थिएन । त्यसैले यसबारे कुनै जानकारी हुने पनि कुरै आएन ।
जोशीको भ्रमण
जोशी नेपालका प्रायः धेरै भूभाग पुग्नुभएको छ । उनले भारत, चीन, बङ्गलादेश, श्रीलङ्का, म्यानमार, थाइल्यान्ड, सोभियत रुस, न्युजिल्याण्ड, अस्ट्रेलिया, बेलायत, क्यानडा र अमेरिकाको भ्रमण गरेका थिए । जोशीको सबैभन्दा उल्लेखनीय भ्रमण न्युजिल्याण्डको थियो । किनभने न्युजिल्याण्ड पुग्ने जोशी प्रथम नेपाली थिए। उनले विदेशमा पनि दौरा, सुरुवाल, कोट र टोपी लगाएर प्रवेश गरेका थियो । भ्रमणमा केन्द्रित उनको २०४९ सालमा एउटा नियात्रा छापियो ‘न्युजिल्याण्डमा पहिलो नेपाली !’
जोशीको भाषा प्रेम
जोशीले आइए पढ्दादेखि साहित्यमा सृजनात्मक र सङ्गठनात्मक रूपमा आफूलाई जोडिएका थियो । २०११ सालमा कविशिरोमणि लेखनाथ पौड्यालको रथ बनाउने जिम्मा पनि जोशीले नै पाएका थियो । जोशीकै संयोजकत्वमा २०६६ सालमा काठमाडौंमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन भयो । त्रिमूर्ति निकेतनबाट आयोजित १३ राष्ट्रको सहभागितामा उक्त सम्मेलन ५ दिनसम्म सञ्चालित थियो । जोशी नेपाल भाषा एकाडेमीका चान्सलरपनि थिए र उनले आफ्नो मात्रृभाषाको विस्तारका लागि रचनात्मक कामहरू गरिरहे ।
जोशीको पहिलो पासपोर्ट
पहिलो पटक जोशीले पासपोर्ट सन् १९५१ तिर लिएको हो कि । ठम्याउन उहाँलाई नै गाह्रो छ । इ–पासपोर्ट आएपछि जोशीको पहिलो पासपोर्ट परराष्ट्रले म्युजियममा राखेको छ ।
बिना पासपोर्ट विदेश भ्रमण
जोशीको पहिलो विदेश भ्रमण त्योपनि बिना पासपोर्ट उन श्रीलङ्का गएको थियो । उनलाई संयुक्त राष्ट्रसङ्घको युएन को फेलोसिप फेला पारेको थियो, श्रीलङ्कामै बसेर काम गर्नुपर्ने थियो उनले । ‘भाइचरल स्ट्याट्स्टिक’ भन्ने विषय थियो अर्थात् अचेलको जनसङ्ख्याले राखे जस्तै जनसङ्ख्यासँग जोडिएको जन्म र मृत्युको अध्ययन गर्ने विषय ।’ नेपालबाट जाने सबै व्यवस्था मिलेको थियो तर पासपोर्ट थिएन । त्यो बेला नेपालमा पासपोर्ट खुलेको थिएन । तर जसरी पनि जानु नै पर्ने । नेपालबाट ‘टु हुम इट मे कन्सर्न’ को निवेदन लिएर पासपोर्ट बिनै उन श्रीलङ्का गएका थियो ।
नेपालको ई–पासपोर्ट पाउने पहिलो व्यक्ति
नेपालको पहिलो इ–पासपोर्ट उमेर र उनको कामको आधारमा दिइएको हो । जोशी जतिको उमेरसम्म बाँचेका मानिस छैनन् । साहित्यकार, कलाकारहरू त झन् पुगेकै छैनन् । जो पुग्यो ५० पिएचडीमा बरखास्त, जो पुग्यो ६० हातमा लाठी, जो पुग्यो ७० हिँड्दा खेरी लत्तरी, जो पुग्यो ८० कुनामा बसी, जो पुग्यो ९० हब्बे न कब्बे, अनि जो पुग्यो सय यमराजको भय ।’ बालकृष्ण समको मुकुन्द इन्दिरा नाटकको यो अंश जोशीलाई खुबै मन पर्छ ।
जोशीका कृति
शताब्दी पुरुष डा.सत्यमोहन जोशीकृत ७१ वटा पुस्तक प्रकाशित भइसकेका छन् । उनले नेपाली सजिलो वर्णमालादेखि ‘कीर्तिबाबुको स्मृति’सम्म नाउँका कृति लेखेको छ । उनका कृतिहरू ३३ वटा नेपाली भाषा र ३७ वटा नेपाल भाषामा छन् । साथै उनले अंग्रेजी भाषामा पनि एउटा कृति लेख्नुभएको छ । उनका कृतिहरू निबन्ध, प्रबन्ध, नाटक, कविता, कथा तथा कोशमा आधारित छन् ।
शरीर दान
जन्मेपछि मृत्यु अवश्यम्भावी छ । आएपछि जानुपर्छ । यो प्राकृतिक विधान हो । आ–आफ्ना धर्म–संस्कृतिअनुसार मानिसले जन्मेदेखि मृत्युसम्म विधि विधानलाई पछ्याउँदै आइरहेका छन् । जन्मदेखि मृत्युसम्मका निश्चित संस्कारले हामी बाँधिएका छौँ । नेवारको छोरो, नेवार कुल–परम्परामा जन्मेको मानिसले आफ्नो संस्कार छाड्ने कुरा नै नहुने जोशीको सोच छ । जोशीलाई यो देश जति प्यारो छ, त्यत्ति नै संस्कार र संस्कृति पनि प्यारो छ ।
आफ्नो शरीरको उपयोगिता मृत्युपछि पनि रहेको जोशी महसुस गरे । जोशीको शरीर सुरक्षित राखेर अध्ययनका लागि उपयोगी हुनसक्छ भने मृत्युपर्यन्त सुम्पन्न जोशी तयार रहेको गिरीश गिरीको सत्यमोहन जोशी किताबमा उल्लेख गरिएको छ । साथै जोशीका जीवन सङ्गिनीले समेत मृत्युपर्यन्त मेरै मार्ग अपनाउने चाहना प्रकट गर्दै बाँचुन्जेल मात्र होइन, मृत्युपछि पनि जोशीसँगै रहने इच्छा राखेको छ । यसरी श्रीमतीको शरीर पनि उक्त मोडिकल कलेजलाई नै दिने इच्छा उनहरू दुवैले राख्नु भएको हो ।


विश्व खबर 




















