images
images
  • एमालेले दोलखाकाे उम्मेदवारमा नयाँ अनुहारः प्रतिनिधिसभामा बालकृष्ण, प्रदेश १ मा नरबहादुर श्रेष्ठ २ मा भरत केसी

    दोलखा-नेकपा एमालेले दोलखा जिल्लाका उम्मेदवार अन्तिम घडीमा परिवर्तन गरेको छ । जिल्लाका दुई शीर्ष नेता तथा पूर्वमन्त्रीहरु आनन्द पोखरेल र पार्वत गुरुङको विकल्पमा एमालेले उम्मेदवार तीनैजना नयाँ अनुहार संसदीय चुनावमा अघि सार्ने भएको छ ।

    एमाले अध्यक्ष केपी शर्मा अ‍ोलीले दोलखाका तीनैजना उम्मेदवारको नाम बागमती प्रदेश इन्चार्ज काशीनाथ अधिकारीलाई दिएका छन् । अब एमालेबाट दोलखामा प्रतिनिधिसभाको टिकट बालकृष्ण शिवाकोटीले पाएका छन् । त्यस्तै प्रदेश १ को टिकट जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठ र २ को टिकट भीमेश्वर नगरपालिकाका निवर्तमान मेयर भरत केसीले पाएको एमाले स्रोतले जनाएको छ ।

    यसअघि प्रतिनिधिसभामा आनन्द पोखरेल र प्रदेशमा क्रमशः नर श्रेष्ठ र बालकृष्ण श्रेष्ठको नाम सचिवालयमा छलफल भएको थियो । पोखरेल र गुरुङको गुट विभाजनका कारण कार्यकर्ता बाँडिने भएकाले तेस्रो व्यक्ति खोजिएको हो ।

    शिवाकोटी नयाँ अनुहार र प्रतिष्ठित व्यवसायी हुन् । एमालेको विभिन्न तहमा लामो समय काम गरेका उनको चुनावी प्रतिस्पर्धा भने पहिलो हुनेछ । उनलाई उम्मेदवार बनाउँदा आनन्द र पार्वत दुवैजना नयाँ अनुहारको लागि मत माग्न हिँड्न बाध्य हुने भएकाले एमाले नेतृत्वले अन्तिममा चलाखी अपनाएको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images