images
images
  • पौडी खेल्दा बेपत्ता भएका तीन बालकको शव भेटियो

    काठमाडौ- हेटौंडाको कर्रा खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका तीन जना बालकहरूको शव भेटिएको छ ।

    शुक्रबार साँझ साढे ५ बजेदेखि बेपत्ता भएका उनीहरूको खोजीको क्रममा साँझ ७ बजे मात्रै कर्रा खोलाको नागदह नजिकै शव फेला परेको हो ।

    बालकहरू बेपत्ता भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र सेनाको संयुक्त टोलीले खोजी गर्ने क्रममा उनीहरूको शव भेटिएको हो ।

    मृतकहरूको पहिचान भइसकेको छैन । उनीहरूको शवलाई अहिले पोस्टमार्टमका लागि हेटौंडा अस्पताल लैजाने तयारी गरिएको प्रहरीले जनाएको छ ।

    शुक्रबार साँझ हेटौंडा उपमहानगरपालिका ७ न्युरेनी नागदहस्थित कर्रा खोलामा चार जना बालकहरू पौडी खेल्न जाने क्रममा तीन जना बालक बेपत्ता भएका थिए ।उनीहरूमध्ये एक बालकको भने सुरुमै उद्धार गरिएको थियो । उद्धार गरिएका बालकका अनुसार बेपत्ता बालकहरू १० देखि १२ वर्ष उमेर समूहका छन् ।

    उनीहरू हेटौंडा ८ कमानेबाट पौडी खेल्न गएका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images