images
images
  • १५ वर्षीया किशोरी बलात्कार आरोपमा सेनाका अमल्दार पक्राउ

    गोरखा- नेपाली सेनाका अमल्दार मनबहादुर राना १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् । बागलुङ गल्कोट–११ घर भइ हाल नेपाली सेनाको वेनिघाट–आरुघाट सडक निर्माण कार्यदलमा कार्यरत राना १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् ।

    शनिबार १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले रानालाई पक्राउ गरेको हो ।किशोरीलाई बलात्कार गरेको खुलासा भएपछि रानालाई स्थानीयले प्रहरीको जिम्मा लगाएका थिए ।

    आरोपित विरुद्ध सोमबार जबर्जस्ती करणी मुद्दामा जिल्ला अदालतबाट म्याद थप गराइ अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी लिलाराज लामिछानेले जानकारी दिए ।

    यसैबीच, ५५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा अजिरकोट गाउँपालिका–५ का ५० वर्षीय एकबहादुर सुनारलाई प्रहरीले पक्राउ गरेको छ ।इतबार महिलालाई जबर्जस्ती करणी प्रयास गरेको भन्दै सोमबार जाहेरी परेको प्रहरीले जनाएको छ । सुनारविरुद्ध पनि जबर्जस्ती करणी उद्योग मुद्दामा म्याद थप गराइ अनुसन्धान भइरहेको डीएसपी लामिछानेले बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images