images
images
  • आज २०७९ भाद्र २८ गते मंगलवार, थाहा पाउनुहोस् तपाइँको राशिफल

    काठमाडौं- आज२८ भदौं, २०७९, मंगलबार । तद्नुसार सेप्टेम्बर महिनाको १३ तारिक २०२२ । आश्विनकृष्णपक्ष तृतीया पर सोह्र श्राद्ध चतुर्थी तिथि, विष्टि करण, रेवती नक्षत्र, बृद्धि योग, चन्द्रमा मीन राशिमा रहेको छ ।

    आजको देवता सूर्य र ग्रहदेव बुध रहेको छ । आजको दिन गणेश र हुनमानको साधना गर्नु उत्तम हुनेछ । पितृ पक्ष भएका हुनाले यो समयमा आफ्ना मृतक पितृहरुको सम्झनामा तर्पण गर्ने र पितृको मृत्यु भएको दिन श्रद्रापूर्वक श्राद्ध गर्ने चलन रहेको छ ।

    आज विहान ११ः३६ देखि १२ः२५ सम्मको समय अभिजित मुहूर्त रहेको छ । यो समय निकै शुभ मानिन्छ ।

    आजको राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    आज मानसिक चिन्ता बढेपनि श्रमको उचित मूल्याङ्कन हुनेछ । आफन्तको प्रगतिले मन रमाउनेछ । नसोचेको ठाउँबाट धनागम हुनेछ ।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
    आज अनावश्यक तथा सौन्दर्यतामा धन खर्च हुनेछ । सानातिना समस्यामा अल्झिनु पर्नेछ, तर आफन्तबाट साथ र हौसला मिल्नेछ ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
    आज मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । कार्यक्षेत्रमा प्रगति हुनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । प्रेमीको सहयोग मिल्नेछ ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    आज रमाइलो यात्रा रहनेछ । चिताएको कामले तीव्रता लिनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । पुनर्मिलनको योग रहेको छ ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    शुभारम्भको चर्चा चल्ने र विभिन्न अवसर आउनाले मन प्रसन्न रहनेछ । अतिथिको रूपमा सत्कार पाइएला । जोश जाँगर र हिम्मत पनि बढ्नेछ ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
    घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । सामान हराउने वा चोरी हुने भय छ । आफैंलाई सन्तुष्टि नमिल्ने देखिन्छ ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
    आज नयाँ कार्यको योजना बन्नेछ । नजिकको व्यक्तिबाट सहयोग पाइएला । सरकारी निकायबाट सहयोग मिल्नेछ । सफल यात्रा हुनेछन् ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । शुभकार्यको चर्चा चल्नेछ । विद्या र बुद्धिको विकास हुनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
    आज चलाखीपूर्ण बोलीले काम बन्न सक्छ । आफन्तबाट साथ, सहयोग र आश्वासन मिल्नेछ । सामाजिक काममा सफलता पनि पाइनेछ ।

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
    आजको दिन मध्यम खालको छ । जुनसुकै काममा बिघ्नबाधा आउन सक्ने देखिन्छ, तर आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
    धार्मिक तथा परम्परागत काममा रुचि बढ्नेछ । मनोरञ्जन क्षेत्रमा गरेको लगानीबाट श्रीः प्राप्ति हुनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
    आज दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । शुभकार्यको चर्चा चल्नेछ । पारिवारिक सद्भाव बढ्नेछ । आँटेको र ताकेको कार्य पुरा होला ।

    राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् । ( ज्यो.प.नारायणप्रसाद दुलाल)

    प्रतिक्रिया दिनुहोस्
    images
    images