काठमाडौं- आज २७ भदौं, २०७९, सोमबार । तद्नुसार सेप्टेम्बर महिनाको १२ तारिक २०२२ । आश्विनकृष्णपक्ष तृतीया, पितृपक्ष तृतीया श्राद्ध, गर करण, उत्तरभाद्रपदा नक्षत्र, गण्ड योग, चन्द्रमा मीन राशिमा रहेको छ ।
आज विहान सूर्योदय ०५ः४७ र सूर्यास्त ०६ः१४ मा हुनेछ। आजको देवता अग्नि र ग्रहदेव शनि रहेको छ । सोमबारका दिन वाहन तथा कपडा खरिद गर्दा राम्रो हुनेछ । सोमबारको दिन कुनै पनि चलायमान तथा छिटो कारोबार हुने ब्यापार ब्यबसायमा फाइदा हुनेछ । आज विहान ११ः३६ देखि १२ः२५ सम्मको समय अभिजित मुहूर्त रहेको छ । यो समय शुभ समय हो । पूर्व दिशा तर्फको यात्रा र हिसात्मक गतिविधि नगर्नुहोला । आजको दिन शिवालय यात्रा गर्नु उत्तम हुनेछ ।
आजको राशिफल :
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आफूलाई कमजोर भएको अनुभूति हुनेछ । कष्टकर यात्रा गर्नुपर्ला । भ्रमण, तथा खानपान खर्च बढ्नेछ । महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । सामाजिक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । राज्यबाट सहयोग मिल्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज आँटेको र ताकेको कार्य पुरा होला । खानपिन कार्यमा सरिक भइनेछ । दिनको उत्तरार्धमा मन पर्ने व्यक्तिसँग भेटघाट पनि हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज परोपकार काम गर्नुमा नै भलो हुनेछ । घरपरिवारमा रमाइलो वातावरण छाउनेछ, तर विश्वासपात्रलाई वचन दिँदा संयमता अपनाउनुहोला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज राज्यबाट दण्ड तथा जरिवाना हुन सक्छ, अतः काम गर्दा सजग भएर काम गर्नुहोला । यात्रा गर्दा पनि सावधानी अपनाउनु पर्नेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
विद्या तथा प्रतिस्पर्धामा सफल भइनेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । प्रेमीको सहयोग पाइनेछ । आफन्तसँग भेटघाट पनि हुनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । कुटुम्बको सहयोग मिल्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज रमाइलो यात्रा रहनेछ । आफन्तको सहयोग प्राप्त हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । शुभ समाचार सुन्न पाइएला ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
गरेको लगानीबाट नोक्सानी हुनसक्छ । लेनदेनको कार्यमा विशेष ख्याल गर्नुहोला । चिसोबाट पनि बच्नुहोला तर, नयाँ कार्यको योजना बन्नेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
आज जोशजाँगर र हिम्मत बढ्नेछ । मनोरञ्जनमा सहभागी भइएला । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । पारिवारिक सद्भाव पनि बढ्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
परोपकारी कार्यमा संलग्न भइनेछ । साथीभाइहरूसँग मनोरञ्जक भेटघाट हुने र प्रेमीको सहयोग प्राप्त हुनेछ । अतिथिको रूपमा सत्कार पाइएला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज शुभकार्यको चर्चा चल्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । भौतिक सुविधाका साधन खरिद गर्ने अवसर पनि जुट्न सक्छ ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् । (ज्यो.प.नारायणप्रसाद दुलाल)























