images
images
  • आज २०७९ भाद्र २६ गते आइतवार, थाहा पाउनुहोस् तपाइँको राशिफल

    काठमाडौं- आज २०७९ भाद्र २६ गते, आइतवार, ११ सेप्टेम्बर २०२२। आश्विन कृष्णपक्ष प्रतिपदा तिथि, १४ः१९ बजेदेखि द्वितीया। पूर्वभाद्रपदा नक्षत्र, १०ः०० बजेदेखि उत्तरद्रपदा। चन्द्रराशि– मीन।

    आजको राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    कुनै कुराले मनमा शान्ति छाउनेछ । महत्वपूर्ण कामको थालनी हुनेछ । शिक्षामा सफलता मिल्नेछ । डेकोरेसनको लगानीबाट लाभ मिल्नेछ ।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
    आजको दिन लाभहानी, सुखदुःख मध्यम नै रहनेछ । धेरै ठूलो महत्त्वाकाङ्क्षा लिएर काम नगर्नु होला, साँझमा कतैबाट शुभ समाचार सुन्न पाइनेछ ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
    आज अधुरा कार्य पूरा हुने र रमाइलो यात्राको योग रहेको छ । शत्रुमाथि विजय मिल्ने समय छ । अधुरो काम पूरा हुने र परोपकारमा रुचि बढ्नेछ ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    परिश्रम गर्दा धनार्जन हुनेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । शेयरको कारोबारबाट सफलता मिल्नेछ ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    आज प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
    यात्रामा मालसामान हराउन सक्छ । सहकर्मीबाट विरोध आउला । गलत निर्णय लिन पुगिएला । चोटपटकको भय पनि छ अतः सचेत रहनु राम्रो होला ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
    आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । शत्रु पनि पराजित हुनेछन् ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    आज विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । कलकारखाना र बन्दव्यापारमा फाइदा हुनेछ । वैदेशिक क्षेत्रको काम पनि अघि बढ्नेछ ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
    नसोचेको ठाउँबाट धनागम हुनेछ । मनोरञ्जनमा सहभागिता भइएला । आर्थिक कारोबारमा सफलता मिल्ला । भेटघाट हुने योग पनि छ ।

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
    मनमा दुबिधा उत्पन्न हुनेछ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । दबाब र तनाव बढेको महसुस हुनेछ । स्वास्थ्यमा समस्या पनि आउनेछ ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
    आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नयाँ व्यक्तिसँग भेटघाट होला । साँझपख शुभ समाचार आउन पनि सक्छ ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
    रमणीय र सुखद् यात्राको योग छ । पार्टी तथा सेमिनारमा सहभागी भइएला । प्रयत्न गरे बढी फाइदा लिन सकिनेछ । पुनर्मिलनको योग रहेको छ ।

    राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् । (ज्यो.प. नारायणप्रसाद दुलल)

    प्रतिक्रिया दिनुहोस्
    images
    images