images
images
  • आज २०७९ भाद्र २३ गते बिहीवार, थाहा पाउनुहोस् तपाइँको राशिफल

    काठमाडौं- आज २३ भदौं, २०७९, विहीबार । तद्नुसार सेप्टेम्बर महिनाको ८ तारिक २०२२ । भाद्रशुक्लपक्ष त्रयोदशी तिथि, कौलव करण, श्रवण नक्षत्र, अतिगण्ड योग, चन्द्रमा मकर राशिमा रहेको छ ।

    आज विहान सूर्योदय ५ः४६ र सूर्यास्त ०६ः१९ मा हुनेछ । विहीबारको दिन अध्ययन,लेखनका कार्यमा समय दिनु भए राम्रो हुनेछ । आजको देवता वृहस्पति ग्रहदेव सूर्य रहेको छ । विहीबारको दिन सूर्यनारायणको दर्शन गर्नु उत्तम हुनेछ ।

    आजबाट पञ्चक शुरु भएको छ । पञ्चकको समयमा शुभकार्य गरिदैन । विहीबारको दिन बहुमूल्य सामानको खरिदका लागि शुभ मानिन्छ । आजको दिन विद्युतीय सामग्री खरिदको लागि राम्रो दिन रहेको छ ।

    आजको राशिफल :

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागिता भइएला । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ ।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
    आज कुनै कुराले मनमा शान्ति छाउनेछ । भेला र मनोरञ्जनमा सहभागिता भइएला । सेयरबजारको कारोबार पनि राम्रै सफलता मिल्नेछ ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
    आज आर्थिक समस्याले मानसिक चिन्ता सिर्जना हुनेछ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्ला । प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नेछ ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    आज आँटेको र ताकेको कार्य पुरा हुनेछ । रमाइलो र सुखद् यात्राको योग रहेको छ । धनार्जनका नयाँ स्रोतहरू पनि पत्ता लाग्नेछन् ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    नयाँ कार्यको योजना बन्नेछ । सहयोगी हातहरू अघि बढ्नेछन् । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । अरूलाई प्रभावित पारेर काम बन्नेछ ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
    आज सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । अचल सम्पत्ति हात पर्ने योग छ । पारिवारिक वातावरण पूर्णरूपमा सन्तोषप्रद रहनेछ ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
    बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । आलोचना गर्नेहरूबाट सजग रहनुहोला । अनावश्यक धन खर्च हुनेछ, तर शुभ कार्यको योग पनि छ ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    आज मित्रवर्ग र हितैषीबाट राम्रो सहयोग मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । नयाँ कार्यको थालनी पनि हुनसक्छ ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
    आज प्रसन्नतापूर्वक समय व्यतीत हुनेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
    आज काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । सुखद् यात्राका अवसर पनि प्राप्त हुनेछन् ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा )
    आज प्रेमी, आफन्त तथा साथी भाईबाट टाडिनु पर्दा मन खिन्न हुनेछ । स्वास्थ्यको ख्याल गर्नुहोला, औषधी उपचार खर्च बढ्नेछ ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
    आज सन्तानबाट सहयोग मिल्नेछ । सांस्कृतिक क्षेत्रमा रूचि बढ्नेछ । नयाँ ज्ञान सिक्ने मौका पाइएला । आर्थिक लाभ पनि मिल्नसक्छ ।

    राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् । (ज्यो.प. नारायणप्रसाद दुलाल)

    प्रतिक्रिया दिनुहोस्
    images
    images