images
images
  • एमाले बाजुराबाट प्रदेशका लागि ९ जनाको नाम सिफारिस, यी हुन् आकांक्षी उम्मेदवार

    काठमाडौं- नेकपा एमाले बाजुरा जिल्ला कमिटीको बैठकले प्रदेश सभाका लागि बाजुराबाट ९ जना नेताहरुको नाम सिफारिस गरेको छ । आसन्न मसिंर ४ गते हुने संघ र प्रदेशको निर्बाचानका लागि बाजुरा प्रदेश क र ख बाट ९ जना सिफारिस गरी पठाएको हो ।

    २ दिनदेखि जारी बैठकमा प्रदेश निर्वाचन क्षेत्र (क) र (ख) बाट २ सिफारिस गर्ने गरी छलफल गरिएको भएपनि आकाक्षी उम्मेदवारहरुले आफ्नो दावी नछोड्दा २ वटा प्रदेश सभा निर्वाचन क्षेत्र (क) बाट ५ जना, (ख)बाट ४ जना गरी ९ जना उम्मेदवार सिफारिस गरिएको सचिव थापाले बताएका छन् ।

    २ वटा प्रदेश सभा रहेको बाजुरामा (क) निर्वाचन क्षेत्रबाट केन्दीय सदस्य सहदेव बोगटी, बलदेव रेग्मी, रंगमान शाही, मनबहादुर विष्ट र मेघराज शाही सिफारिस भएका छन् । प्रदेश सभा (क) बाट सिफारिस भएका ५ जना मध्ये बल्देव रेग्मी ०७४ मा विजयी प्रदेश सभा सदस्य हुन् । पाँच जनाको नाम सिफारिस गरिएपनि बोगटी, रेग्मी र शाही मध्येबाट उम्मेदवार बन्ने निश्चित देखिन्छ

    त्यस्तै गरी प्रदेश निर्वाचन क्षेत्र (ख) बाट केन्द्रिय सदस्य लालबहादुर थापा, लालबहादुर ओली, मिनबहादुर विष्ट र भरत बुढाको नाम सिफारिस गरिएको नेकपा एमाले बाजुराले जनाएको छ । सिफारिस गरिएका केन्द्रिय सदस्य थापा २०७४ सालमा निर्वाचित वर्तमान प्रतिनिधी सभा सदस्य पनि हुन् ।

    यस्तै प्रतिनिधी सभाका लागि एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापा, केन्द्रीय सदस्य प्रकाश शाह र लोकेन्द्र शाहीको नाम सिफारिस गरिएको छ।

    एमालेले संघ र प्रदेशको समानुपातिक तर्फ पनि दर्जन बढीले उम्मेदवारी दिएका छन्। आकाक्षा राख्ने सबै उम्मेदवारहरुको नाम प्रदेश कमिटीमा सिफारिस गरिएको पार्टी सचिव  थापाले बताएका छन्।

    समानुपातिक तर्फ बसुन्धरा रोकाया, लालबहादुर खड्का, पेम्बा गुरुग भोटे, सृष्टी रेग्मी, रेखा कडारा, काशी विक, प्यारुनाथ सुनार, देबु खाती, कल्पना महत लगायतको नाम सिफारिस गरिएको छ। नाम सिफारिस जतिका गरिएपनि उम्मेदवार को हुने भन्ने संकेत प्रष्ट देखिएको छ।

    २ दिन देखि जारी नेकपा एमाले बाजुराको बैठकले उम्मेदवारी छनोटमा व्यक्तिमा नभई विधिमा सहमति गरेर प्रदेश र प्रतिनिधि सभाका लागि १२ जनालाई सिफारिस गरिएको पाटी सचिव थापाले बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images