images
images
  • आज २०७९ भाद्र २२ गते बुधवार, थाहा पाउनुहोस् तपाइँको राशिफल

    काठमाडौं- आज २२ भदौं २०७९, बुधबार । तद्नुसार सेप्टेम्बर महिनाको ७ तारिक २०२२ । भाद्रशुक्लपक्ष द्धादशी तिथि, बव करण, उत्तरषाढा नक्षत्र, शोभन योग, चन्द्रमा मकर राशिमा रहेको छ ।

    आजको देवता वृहस्पति र ग्रहदेव सूर्य रहेको छ । आजको दिनलाई वामन द्धादशी भनिन्छ । आज विहान सूर्योदय ५ः४६ र सूर्यास्त ६ः१९ मा हुनेछ । आज विहान ११ः३८ देखि १२ः२८ सम्म समय अभिजित मुहूर्त रहेको छ । बुधबारको दिन आर्थिक कारोबार र मनोरन्जनात्मक कार्यका लागि उपयुक्त मानिन्छ । कुनै नयाँ कामको लागि आजको दिन शुभ मानिन्छ ।

    बुधबार घर गृहस्थका काम गर्दा राम्रो हुनेछ । बुधबारको दिन आर्थिक कारोबारका लागि उपयुक्त हुनेछ । आजको दिन लामो दुरीको यात्राको लागि शुभ मानिदैन ।

    आजको राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ । वित्तिय संस्थाबाट सहयोग मिल्नेछ । स्वादिष्ट भोजन पनि मिल्नेछ ।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
    कष्टपूर्ण यात्रा हुनसक्छ । वैदेशिक क्षेत्र कमजोर रहनेछ । कार्य सम्पादनमा समस्या आउला, तर आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
    रमणीय र सुखद् यात्राको योग छ । मनोरञ्जनमा सहभागी भइएला । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । कामका विभिन्न अवसर फेला पर्ने छन् ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    आज नयाँ जिम्मेवारी पाइएला । घरमा अतिथिको आगमन हुनेछ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

    कीर्तिमानी काम गर्ने समय छ । चलाखीपूर्ण बोलीले काम सफल हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
    आज कार्यमा बाधा आउनेछ । सरकारी निकायको भय रहला । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला, तर प्रेम सम्बन्धमा मधुरता छाउनेछ ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
    आज पुरानो समस्या सुल्झाउन सकिनेछ । शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । मनमा उत्साह छाउने र बोली बिक्ने समय पनि छ ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    शुभकार्यको चर्चा चल्नेछ । टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । आँटेको र ताकेको कार्य पुरा होला । सुखद् यात्राको योग पनि छ ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
    आज नयाँ कार्यको योजना बन्नेछ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ । नोकरीमा स्थानान्तरण तथा पदोन्नतिको योग पनि छ ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
    आज नयाँ र शुभकार्यको योग छ । वैदेशिक कार्य अघि बढ्नेछ । काम गर्ने जोश जाँगर र उमंग बढ्नेछ । चिताएको कामले तीव्रता पनि लिनेछ ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
    आज शुभकार्यको योग छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।

    राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् । (ज्यो.प, नारायणप्रसाद दुलाल)

    प्रतिक्रिया दिनुहोस्
    images
    images