काठमाडौं- आज २१ भदौं २०७९, मंगलबार । सेप्टेम्बर महिनाको ६ तारिक २०२२ । भाद्रशुक्लपक्ष एकादशी आजको एकादशीलाई हरिपरिवर्तिनी एकादशी भनिन्छ । एकादशीको व्रत सनातनीले अन्न भोजन ग्रहण गदैंनन् । एकादशीको दिन फलाहार गर्ने गर्दछन् ।
आज पूर्वषाढा नक्षत्र, गर करण, आयुष्मान योग, चन्द्रमा धनु राशिमा रहेको छ । आज विहान सूर्योदय ०५ः४६ मा हुनेछ भने सूर्यास्त ६ः२१ मा हुनेछ ।
आजको देवता चन्द्र र ग्रहदेव केतु रहेको छ । मंगलबारको दिन हुनमान र गणेशको साधना गर्नु उत्तम हुनेछ । आजको दिन ऋण चुक्ता गर्नु उत्तम हुनेछ । आजको दिन ऋण लिनु राम्रो हुँदैन । गणेशको मन्दिरको परिक्रमा मात्रले मनमा शान्ति प्राप्त हुनेछ ।
आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
कुनै कुराले मनमा शान्ति छाउनेछ । आफन्तसँग रमाइलो भेटघाट हुनेछ । मनोरञ्जनमा सहभागिता भइएला । शुभ कार्यमा सरिक भइनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ । आजको दिन यात्रा गर्न खोज्नु भएको छ भने त्यति फलदायी भन्दा यात्रा कष्टकर हुनेछ । घरायसी व्यवहारबाट रहनु । सवारी चलाउँदा सचेत रहनुहोला, साँझमा भने मन खुसी रहला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
बन्धु बान्धवबाट सहयोग मिल्नेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । स्वास्थ्यमा सुधार आउला । शुभ कार्यमा सरिक पनि भइनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ । नयाँ र रचनात्मक कार्यबाट अरूको मन जित्न पनि सकिनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज जोश जाँगर र हिम्मत बढ्नेछ । आफ्नो चलाखीपनले कार्य सिद्ध हुनसक्छ । धार्मिक यात्रा तय हुनेछ । वाहन लाभ हुने समय पनि छ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ । झुटा आरोप आइपर्दा समस्या खेप्नुपर्नेछ, तर मठमन्दिरको भ्रमणले थप ऊर्जा प्रदान गर्नेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज आफन्तको प्रगतिमा मन रमाउनेछ । विशिष्ट व्यक्तिबाट पुरस्कार तथा हौसला प्राप्त हुनेछ । आर्थिक क्षेत्रमा सोचेजस्तै लाभ लिन सक्छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आजबाट नयाँ कार्यको थालनी हुनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । दानपुण्यका कार्यमा सहभागी भइनेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्दै जानेछ । व्यापार व्यवसायमा प्रगति होला ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको समय छ । मेहनतीहरूका लागि दिन बढी फलदायी नै रहने र लाभदायक यात्रा रहनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
श्रमको उचित मूल्याङ्कन हुनेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । धर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ कामको थालनी हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
धर्मकर्ममा मन लाग्नेछ । नयाँ काम सुरु गर्ने समय छ । चलाखीपूर्ण बोलीले कार्य सफल हुनसक्छ । भाग्यले विभिन्न अवसर पनि जुराउनेछ ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् । (ज्यो.प,नारायणप्रसाद दुलाल)























