images
images
  • मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने सरकारको निर्णय

    काठमाडौ- सरकारले प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको छ । अघिल्लो मन्त्रिपरिषद् बैठकले सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको संचार मन्त्रालय उच्च स्रोतले जनाएको छ ।

    उक्त निर्णयसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण वेबसाइटमार्फत सार्वजनिक गरिने छ ।

    कानुनतः सार्वजनिक पद धारण गरेकाहरूले ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्छ । प्रधानमन्त्री र मन्त्रीहरूले त १५ दिनमा नै सार्वजनिक गर्ने परम्परा छ । तर यो पटक भने महिनौँ बित्दा पनि सम्पत्ति विवरण सार्वजनिक भएको थिएन ।

    मन्त्रिपरिषद्का सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक गरिनुपर्ने चौतर्फी दबाबपछि सरकारले यो निर्णय गरेको हो । सम्भवतः यसै महिनाको अन्तिमसम्म सबै मन्त्रीहरूले मन्त्रिपरिषद्को कार्यालयमा विवरण बुझाई सक्नेछन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images